PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

जिपले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गयो



पहिलोपोस्ट

दमौली : तनहुँको जामुने गाविस– २ स्थित गुणादीमा आज भएको सडक दुर्घटनामा एकको मृत्यु भएको छ।
 
मृत्यु हुनेमा तनहुँ जामुने गाविस– २ का ४२ वर्षीय चुननारायण विक रहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक मनोज पाण्डेले बताए। पोखराबाट दमौली आउँदै गरेको ग १ च २८९३ नं को जिपले विपरीत दिशाबाट आउँदै गरेको ग ३ प २११३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक विकको मृत्यु भएको हो।
 
ठक्करबाट गम्भीर घाइते भएका विकको रत्नहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको र जिप चालकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell