काठमाडौं : नेपाल प्रहरीका श्यान्टू श्रेष्ठ र एपीएफ क्लबका शिवसुन्दर गोथे सम्झना कप खुला टेबलटेनिस प्रतियोगिताको पुरुष सिंगल्समा शुक्रबार क्वाटरफाइनलमा प्रवेश गरेका छन्।
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको प्रतिस्पर्धामा राष्ट्रिय च्याम्पियन श्यान्टूले काठमाडौंका निहाल श्रेष्ठलाई ४-० तथा शिवले एभीएमका सन्योग कपालीलाई ४-० को सोझो सेटमा पराजित गरे।
पुरुष सिंगल्समै एपीएफका चन्दन शाहीले प्रहरीका राकेश महर्जनलाई ४-२, प्रहरीका प्रदीप रोकाले काठमाडौंका नरेश रावललाई ४-३, नेपाल आर्मीका मणिकुमार लामाले एपीएफका उमेश मानन्धरलाई ४-१, एपीएफका अमरलाल मल्लले काठमाडौंका घनश्याम शर्मालाई ४-०, लिभरपुलका नारायण घिमिरेले एपीएफका राजिव चिकबन्जारलाई ४-३ तथा एपीएफका विलोश श्रेष्ठले लिभरपुलका रितिज जोशीलाई ४-३ ले हराउदै क्वाटरफाइनलमा स्थान पक्का गरे।
नेपाल भेट्रान्स टेबलटेनिस संघद्वारा आयोजित प्रतियोगिताको महिला सिंगल्समा प्रहरीकी एलिना महर्जनले एपीएफकी एलिना राईलाई ४-१, एपीएफकी सिक्का सुवालले आर्मीकी सनिता श्रेष्ठलाई ४-०, एपीएफकी अनिता महर्जनले प्रहरीकी सुजाता दुवाललाई ४-२ तथा आर्मीकी रविना महर्जनले एपीएफकी सोनु थापा मगरलाई ४-१ ले पाखा लगाउदै सेमिफाइनल यात्रा तय गरे।
पुरुष÷महिला सिंगल्सका विजेताले २० हजार, उपविजेताले १० हजार र तेश्रो हुनेले ३–३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।
आइतबारसम्म चल्ने प्रतियोगिताको मुख्य प्रायोजक सम्झना लेबोरेटरी क्लिनिकका निर्देशक उर्दिप जोशी र आयोजक संघका सदस्य धर्ममान वज्राचार्यले खेल्दै उद्घाटन गरे।