PahiloPost

May 14, 2025 | १ जेठ २०८२

वर्ल्ड वुमन्स भलिबल च्याम्पियनसिप : एसियन सेन्ट्रल जोन छनोटमा नेपालले माल्दिभ्सलाई हरायो



पहिलोपोस्ट

वर्ल्ड वुमन्स भलिबल च्याम्पियनसिप : एसियन सेन्ट्रल जोन छनोटमा नेपालले माल्दिभ्सलाई हरायो

काठमाडौं : वर्ल्ड वुमन्स भलिबल च्याम्पियनसिप छनोट अन्तर्गत एसियन सेन्ट्रल जोन छनोटको पहिलो खेलमा नेपालले जित हासिल गरेको छ।
 
माल्दिभ्समा शुक्रबारदेखि सुरु भएको छनोट प्रतियोगितामा नेपालले आयोजक माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको हो। माल्दिभ्सको युथ इन्डोर कोर्टमा भएको खेल नेपालले २५-१७, २५-१७ र २५-१३ ले जित्यो।

छनोट अन्तर्गत नेपालले दोस्रो खेलमा शनिबार इरानसँग खेल्नेछ। एसियन सेन्ट्रल जोन छनोटमा नेपाल, माल्दिभस र इरान गरी जम्मा तीन टोलीको मात्र सहभागिता रहेको छ।

एसियन सेन्ट्रल जोन छनोटको च्याम्पियन बन्ने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ। दोस्रो चरण प्रवेश गर्न नेपालले इरानलाई हराउनै पर्ने छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell