
वर्षको पहिलो ग्राण्डसलाम टेनिस प्रतियोगिता अष्ट्रेलियन ओपनको उपाधिका लागि रोजर फेडेरर र राफेल नाडालबीच प्रतिस्पर्धा हुने भएको छ।
शुक्रबार भएको दोस्रो फाइनलमा ग्रिगोर दिमित्रोभलाई ३-२ को सेटमा पराजित गर्दै फेडेररसँगको उपाधि भिडन्त पक्का गरे। निकै प्रतिस्पर्धात्मक खेलमा नाडलले दिमित्रोभलाई ६-३, ५-७, ७-६, ६-७, ६-४ को सेटमा पराजित गरे।
फेडेरर भने आफ्नै देशका स्टान वावरिन्कालाई पराजित गर्दै फाइनलमा पुगेका हुन्।
२०१४ को फ्रेन्च ओपन जितेयता नाडल ग्राण्डसलामको फाइनल पुगेको यो पहिलो अवसर हो। त्यतिखेर नाडलले नोभाक जोकोभिचलाई हराउँदै उपाधि जितेका थिए।
यता फेडेरर २०१५ को युएस ओपन फाइनल खेलेयता पहिलो पटक फाइनलमा पुगेका हुन्।
नाडल र फेडेरर अष्ट्रेलियन ओपको फाइनलमा भिड्न लागेको ८ वषयता यो पहिलो पटक हो। सन् २००९ मा फाइनलमा नाडलले फेडेररलाई हराउँदै मेलवर्नमा पहिलो र एक मात्र उपाधि जितेका थिए।
फेडेररले अहिलेसम्म कीर्तिमानी १७ पटक ग्राण्डसलामको उपाधि जितेका छन् भने पिट साम्प्रास समान १४ पटक ग्राण्डसलाम उपाधि जितेका नाडलले सर्बाधिक उपात्रि जित्नेमा दोस्रो स्थानमा छन्। फेडेररलाई हराउँदै उपाधि जित्न सके नाडलले साम्प्रासलाई पछि पार्नेछन्।
फेडेररले पछिल्लो पटक सन् २०१२ मा विम्बलडनको उपाधि जितेका तिए। त्यसयता ३ पटक ग्राण्डसलाम फाइनल पुगेपनि फेडेररले उपाधि जित्न भने सकेका छैनन्।