
काठमाडौँ : म्युजिकल ड्रामा ‘प्रेमगीत २’ बाँकी छायांकन पूर्वी एसियाली मुलुक थाइल्याण्ड र म्यानमारमा हुने भएको छ। फिल्मको २३ सदस्यीय क्रिउ शुक्रबार छायांकनका लागि थाइल्यान्ड उडेको हो।
निर्देशक रामशरण पाठक, अभिनेता प्रदीप खड्का र अभिनेत्री अश्लेषा ठकुरीसहितको 'कास्ट एन्ड क्रिउ' बैंकक उडेको हो।
निर्देशक पाठकले ‘रारा तालको सुट पछी थाइल्यान्ड र म्यानमारमा सुट गर्न लागेकोबताए। काठमाडौंमा दुई दिन लामो फिल्मांकन बाँकी रहेको उनले बताए।
थाइल्यान्डमा विदेशी फिल्म सुट प्रशस्तै हुने भएपनि म्यानमारमा भने सन् २०११ पछि विदेशी फिल्म सुटिङका लागि अनुमति पाउन मुश्किल छ।
सवा दुई करोड बजेटको प्रोजेक्ट अघिल्लो हिट सिनेमा प्रेमगीतकै श्रृंखला हो।
फोटो : विष्णु शर्मा