
काठमाडौं : वर्ल्ड वुमन्स भलिबल च्याम्पियनसिप छनोट अन्तर्गत एसियन सेन्ट्रल जोन छनोटको दोस्रो खेलमा नेपालले आज इरानसँग प्रतिस्पर्धा गर्दैछ।
शुक्रबारदेखि माल्दिभसमा सुरु भएको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभसलाई सोझो सेटमा पराजित गरेको थियो।
छनोटमा तीन टोली मात्र सहभागि रहेकाले नेपालले आज इरान विरुद्ध जित हात पार्ने सकेन नेपाल एसियन सेन्ट्रल जानेको दोस्रो चरणमा प्रवेश गर्नेछ।
इरानले महिला भलिबलमा पछिल्लो समय एसियामा राम्रो प्रदर्शन गर्दै आइरहेको छ। त्यसैले इरानलाई हराउनु नेपालको लागि ठूलो चुनौती रहेको छ।
माल्दिभ्स प्रस्थान गर्नुअघि नेपालका मुख्य प्रशिक्षक सुदेश कुमार रिमालले थोरै टोली मात्र भएका कारण यो पटक अघिल्लो चरण प्रवेश गर्न नेपाललाई अवसर रहेको बताएका थिए।