PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

विद्युत चोरीको आरोपमा तीन कारखानामा प्रहरी छापा



पहिलोपोस्ट

विद्युत चोरीको आरोपमा तीन कारखानामा प्रहरी छापा

काठमाडौं : विद्युत चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले तीन वटा कारखानामा छापा मारेको छ। विद्युत प्राधिकरणका कर्मचारीसँग मिलेर विद्युत चोरी गरेको आरोपमा महानगरीय प्रहरी अपराध महाशाखाले प्लास्टिक उद्योग, टेम्पोको ब्याट्री रिचार्ज सेन्टर र बोतल कारखानामा छापा मारेको हो।

प्रहरीले ती कारखानाबाट बिजुली मिटर र सिलहरु बरामद गरेको छ। काठमाण्डौ उपत्यकाका उद्योग, कलकारखाना, गार्मेण्ट, होटल, लज र व्यक्तिगत घरमा जडित विजुलीका मिटर बक्समा विद्युत प्राधिकरणका कर्मचारी, उद्योग व्यवसायीको मिलेमतोमा विभिन्न उपकरणहरूको प्रयोग गरी  बिजुली चोरी गरेको सूचनाको आधारमा महाशाखाले अनुसन्धान गरेर १५ कर्मचारी र ४ जना व्यवसायीलाई पक्राउ गरेको थियो।

प्रहरीले शुक्रबार कपनमा रहेको रामकृष्ण ढुंगेलले संचालन गरेको सवनम प्लाष्टिक उद्योगबाट विजुली सिल थान २ र विजुली मिटर थान १ बरामद गरिएको संचालक फरार रहेको । चावहिलमा रहेको मुरारी थापाले संचालन गरेको टेम्पु चार्जिङ्ग काराखानामा र ललितपुर ईमाडोल स्थित रमेश कुमार लुनियाले संचालन गरेको बोतल कारखानामा छापा मारेको हो।

प्रहरीले सवनमबाट विजुली मिटर र विजुली मिटर, ललितपुर ईमाडोलमा रहेको बोतल कारखानाबाट विजुली मिटर र विजुली मिटर फेला पारेको छ। प्रहरीले सुकेधारामा बुद्ध वासिङ्ग सेन्टरका संचालक बुद्ध कुमार लामालाई विजुली मिटर र मिटर सिल सहित पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell