PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

प्रधानमन्त्रीसामु आइजीपीको प्रश्न : जघन्य अपराधीलाई राजनीतिक संरक्षण किन ?



पहिलोपोस्ट

प्रधानमन्त्रीसामु आइजीपीको प्रश्न : जघन्य अपराधीलाई राजनीतिक संरक्षण किन ?

काठमाडौं : अनुसन्धानमा संलग्न प्रहरी र अभियोजनको दायित्व पाएको सरकारी वकिलविचको सम्बन्धमा सुधार गर्न आयोजित कार्यक्रममा नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्यालले जघन्य अपराधमा संलग्न ब्यक्तिलाई राजनीतिक दलले पार्टी प्रवेश गराउने प्रतिष्पर्धा बढेको भन्दै आलोचना गरेका छन्।

प्रहरीले गम्भीर अपराधमा अनुसन्धानका लागि खोजी गरिरहेको ब्यक्तिलाई राजनीतिक दलले कार्यक्रमनै गरेर पार्टीमा प्रवेश गराउँदा प्रहरीको मनोबल गिर्ने गरेको उल्लेख गर्दै उनले भने, 'गम्भीर अपराधमा संलग्न ब्यक्तिको राजनीतिमा काम के हो बुझ्न सकिएन।'

हालै राष्ट्रिय प्रजातन्त्र पार्टीले कहलिएका गुण्डा नाइके दिपक मनाङ्गेलाई कार्यक्रम नै गरेर पार्टीमा प्रवेश गराएको थियो। यस अगाडि अबैध हतियार र जवर्जस्ती रकम असुलीमा प्रहरीको खोजीमा रहेका बेला नेकपा एमालेले रमेश बाहुनलाई पार्टीमा प्रवेश गराएको थियो भने नेपाली कांग्रेसले भक्तपुरमा गुण्डा सगुन श्रेष्ठलाई दोस्रो संविधान सभा निर्वाचनको मुखैमा पार्टीमा प्रवेश गराएको थियो।

नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको प्रथम राष्ट्रिय सम्मेलन २०७३ को शुक्रबार आयोजित एक समारोहमा बोल्दै उनले आपराधिक गतिविधीमा संलग्न ब्यक्तिले राजनीतिक संरक्षण पाउन दुखद रहेको बताउँदा प्रधानमन्त्री मौन थिए।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै प्रचण्डले देशमा विधिको शासन कायम गर्न, कानून उल्लंघनकर्तालाई कानूनी दायरामा ल्याउन नेपालका अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकीलहरुको महत्वपूर्ण भूमिका रहने बताएका थिए।

अपराध गर्ने शैली र संलग्नतामा परिवर्तन ल्याएको, संगठित अपराधलाई पेशाकै रुपमा अपनाउने गिरोहहरुको विकास भइरहेको प्रचण्डको टिप्पणी थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell