PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

शाहरुख-ऋतिक भिडन्त : समिक्षामा काबिल अगाडि, कमाइमा रइस



पहिलोपोस्ट

शाहरुख-ऋतिक भिडन्त :  समिक्षामा काबिल अगाडि, कमाइमा रइस

सन् २०१७ को पहिलो महिना बलिउडमा दुई ठूलो फिल्म रइस र काबिल एकै दिन प्रदर्शनमा आयो। बक्स अफिसको रिपोर्ट अनुसार प्रारम्भिक व्यापारमा काबिलभन्दा रइस अगाडि छ।

बुधबार प्रदर्शनमा आएकै दुबै फिल्मको शुक्रबारसम्मको रिपोर्ट अनुसार शाहरुख खानको रइसले ४७ करोडको व्यापार गरेको छ। उसले पहिलो दिन २० दशमलव ५० र दोस्रो दिन २६ दशमलव ५० करोडको व्यापार गरेको थियो।

ऋतिक रोशन अभिनित काबिलले पहिलो दिन ८ दशमलव ५० र दोस्रो दिन १५ दशमलव ५० करोड गरी २४ करोडको व्यापार गरेको छ। यो आँकडा अनुसार व्यापारको तुलनामा रइसले काबिललाई पछाडि छाड्दै अगाडि बढिरहेको छ। यसको एक कारण दुबै फिल्मले पाएको हलको संख्या पनि हो।

काबिलका निर्माता राकेश रोशनका अनुसार रइसको तुलनामा काबिलले ४० प्रतिशत मात्रै हल पाएको छ। रोशन वितरक र हल सञ्चालकले सबै फिल्मलाई बराबरी मौका दिनुपर्ने बताउँदै कम हल पाउँदा व्यापारमा असर परेको बताए।

फिल्म समिक्षक तथा बिजनेस एक्सपर्ट कोमल नाहटाका अनुसार रोशनको दावी धेरै हदसम्म सत्य पनि हो। हल मालिकको नजरमा शाहरुख ठुलो स्टार भएकाले उनीहरुले उनको फिल्मलाई बढी हल दिएको उनले बताए। मल्टिप्लेक्स ठुलो शहरमा मात्रै छ। सिङ्गल स्क्रिन हलहरुमा रइस चलिरहेको छ। यसले काबिलको व्यापारमा प्रत्यक्ष असर पारिरहेकोछ।

दुबै फिल्म भिन्न स्वादका भए पनि एकै पटक रिलिज गर्दा व्यापारमा असर पर्ने दुबै फिल्मका निर्माता जानकार थिए। दुबै फिल्मले समिक्षामा औसत चलचित्रको श्रेणी पाएका छन्। कोमलका अनुसार पनि दुबै फिल्म आउटस्ट्यान्डिङ छैनन्। यस्तो अवस्थामा दुबै फिल्मले औषत व्यापार नै गर्नेछ।

दुबै फिल्मले सय करोडको आँकडा पार गर्छ। रइस सय करोड पार पुग्न पनि सक्छ। फिल्म समिक्षा आएपछि काबिलको व्यापार ९० प्रतिशतसम्म बढेको छ। रइस समिक्षामा खरो उत्रन सकेको छैन। समिक्षा आउनेक्रमसंगै यसको व्यापार समेत सुस्त हुन थालेको बिबिसी हिन्दीले उल्लेख गरेको छ।
 
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell