
थाइल्यान्डमा एक अनौठौ प्रकृतीको ठगीमा पाँच जना पक्राउ परेका छन्। उनीहरुमाथी विवाहमा सहभागी भए वापत शुल्क लिएर पाँच लाख अमेरिकी डलर बराबरको ठगी गरेको आरोपमा पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भिक्षु सहित ३ जना पुरष र २ जना महिला छन्। उनीहरुले ठगीका लागि राजपरिवारको नाम सहारा लिएका थिए। बिबिसी हिन्दीका अनुसार उनीहरुले आफुलाई थाइल्याण्डको राजपरिवारको प्रतिनिधी बनेर विवाह समारोहमा सहभागी हुँदै आएका थिए। त्यसका लागि उनीहरुले शुल्क लिने गरेका थिए।
कसैलाई शंका नहोस् भनेर उनीहरुले आफु राजपरिवारको आधिकारीक प्रतिनिधी देखाउन नक्कली कागज समेत बनाएका थिए। एक महिलाले उनीहरुमाथी शंका गरेर प्रहरीमा खवर गर्दा अनौठौ प्रकृतिको ठगी खुलेको हो।
उनीहरुले आफुलाई राजपरिवारको प्रतिनिधि भन्दै विभिन्न विवाह समारोहमा सहभागी भए वापत ५ लाख अमेरिकी डलर बराबरको रकम संकलन गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ।
थाइल्यान्डमा राज परिवारसँगको झुठो सम्बन्ध देखाउनु अपराध मानिन्छ। यस वापत पक्राउ परेकाहरुले लामो समय जेलमा बस्नुपर्ने हुनसक्छ।