PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

बेन्जामिन नेतन्याहूले लाखौं डलरको महँगो चुरोट लिएको आरोप, प्रहरीद्वारा चार घन्टा सोधपुछ



पहिलोपोस्ट

बेन्जामिन नेतन्याहूले लाखौं डलरको महँगो चुरोट लिएको आरोप, प्रहरीद्वारा चार घन्टा सोधपुछ

जेरुसेलम : इजरायली प्रहरीले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको जेरुसेलमस्थित निवासमा पुगी पदीय मर्यादा विपरीत धनाढ्य समर्थकबाट उपहार लिएको र भ्रष्टाचार गरेको आशङ्कामा तेस्रो पटक सोधपुछ गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
 
प्रहरीले प्रधानमन्त्रीसँग करिब चार घण्टा सोधपुछ गरेको स्थानीय एक रेडियोले जनाएको छ। उक्त रेडियोले नेतन्याहूमाथि प्रहरीले आगामी हप्ताको मध्यतिर पुनः एक पटक सोधपुछ गर्नसक्ने प्रहरीले बताएको जनाएको छ।
 
यस विषयमा इजरायली प्रहरी प्रवक्तासँर्ग सम्पर्क गर्दा प्रतिक्रियाका लागि उनी उपलब्ध भएनन्।
 
स्थानीय सञ्चारमाध्यमले जनाएअनुसार नेतन्याहूले एक इजरायली व्यवसायी र हलिउड निर्माता अर्नोन मिल्चानबाट लाखौँ अमेरिकी डलर बराबरको महँगा चुरोट लिने गरेको बताइएपछि यस सम्बन्धमा प्रहरीले छानबिन गरिरहेको छ। मिल्चान नेतन्याहूका पुराना साथी भएको र साथीबाट उपहार लिनु कुनै अपराध नहुने प्रधानमन्त्रीले बताउँदै आएका छन्। मिल्चानले प्रधानमन्त्री पत्नी सारालाई ‘पिङ्क वाइन’ लिएको भनी लागेको आरोपमा समेत प्रधानमन्त्रीसँग छानबिन भइरहेको छ।
 
यस सम्बन्धमा प्रधानमन्त्रीले इजरायली संसदमा स्पष्टीकरण समेत दिएका थिए। गत बुधबार संसदमा आफूबारे उठाइएको आशङ्काका सम्बन्धमा बोल्दै उनले 'साथीबाट उपहार लिन सकिने र त्यो कुनै अपराध नभएको' बताएका थिए।रासस/एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell