काठमाडौं : वर्ल्ड वुमन्स भलिबल च्याम्पियनसिप छनोट अन्तर्गत एसियन सेन्ट्रल जोन छनोटको दोस्रो खेलमा नेपाल इरानसँग सोझो सेटमा पराजित भएको छ।
शनिबार सम्पन्न दोस्रो खेलमा नेपाल इरानसँग २५-१२, २५-१२, २५-१२ को स्कोरमा पराजित भयो।
नेपालले पहिलो खेलमा माल्दिभ्सलाई शुक्रबार हराएको थियो। इरानसँगको हारसँगै नेपालको दोस्रो चरण प्रवेश गर्ने सम्भावना लगभग सकिएको छ। छनोट प्रतियोगिता अन्तर्गत आइतबार माल्दिभ्स र इरानबीच खेल हुनेछ।
एसियन सेन्ट्रल जोन छनोटको च्याम्पियन बन्ने टोली दोस्रो चरणमा प्रवेश गर्नेछ।