PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

झापा गोल्डकप : झापा एघार विजयी



पहिलोपोस्ट

बिर्तामोड : दोस्रो संस्करणको झापा गोल्डकपको उद्घाटन खेलमा आयोजक रमपम झापा ११ विजयी भएको छ। झापा एघारले भारतको शेर फुटवब क्लबलाई ५-० को फराकिलो गोलअन्तरले पराजित गरेको हो।

झापा ११ का लागि सञ्जोग राईले खेल सुरु भएको चौथो मिनेटमै गोल गरेका थिए। यस्तै खेलको ३७औँ मिनेटमा बुद्ध चेम्जोङले दोस्रो गोल गरे। लगत्तै पुजन उपरकोटीले तेस्रो गोल गरे। कप्तान कर्ण लिम्बूले चौथो तथा पिटर सेगुनले पाँचौँ गोल गरेका थिए।

खेलको 'म्यान अफ द म्याच' सञ्जोग राई घोषित भए। उनले म्याक्स हाउजिङ प्रालिका तर्फबाट ७ हजार पुरस्कार प्राप्त गरे।

जितसँगै झापा एघार क्वाटरफाइनलमा प्रवेश गरेको छ। झापाले क्वाटरफाइनलमा सुदूरपश्चिमसँग खेल्नेछ।

नकआउटका आधारमा खेलाइने उक्त प्रतियोगितामा आयोजक रमपम झापा ११, मनाङ मर्स्याङदी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, नेपाली सेनाको त्रिभुवन आर्मी क्लब, न्युरोड टिम एनआरटी, हिमालयन शेर्पा क्लब, रुपन्देही ११ फुटबल क्लब, सुदूरपश्चिम फुटबल क्लब र भारतको शेर फुटबल क्लबको सहभागिता रहेको छ।

आइतबार एनआरटी क्लब काठमाडौँ र नेपाल पुलिस क्लबबीच खेल हुनेछ। प्रतियोगिताको विजेताले ७ लाख र उपविजेताले ३ लाख ५० हजारसहित ट्रफी पाउनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell