PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

मनाङ मर्स्याङदीले जित्यो पाँचौं पटक आहा रारा गोल्डकपको उपाधि



पहिलोपोस्ट

मनाङ मर्स्याङदीले जित्यो पाँचौं पटक आहा रारा गोल्डकपको उपाधि

पोखरा : मनाङ मर्स्याङदी क्लबले पाँचौ पटक आहा रार गोल्डकपको उपाधि जितेको छ।

शनिबार पोखरा रंगशालमा भएको खेलमा अयोजक सहारालाई १-० ले पराजित गर्दै मनाङ मर्स्याङदीले १५ औं संस्करणको उपाधि जित्दै पाँचौ पटक च्याम्पियन बनेको हो। मनाङलाई उपाधि दिलाउन कोमल श्रेठले ७० औं मिनेटमा निर्णायक गोल गरे। 

उपाधिसँगै मनाङले नगद ५ लाख ५१ हजार हात पारेको छ। उपविजेता बनेको सहाराका गोलरक्षक सोजित गुरुङले प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए। उनले एक थान स्कुटर हात पारे।

यस्तै उत्कृष्ट गोलरक्षक पनि सोजित नै भए भने उत्कृष्ट डिफेन्डर, मिडफिल्डर र फरवार्ड क्रमशः मनाङका कोमल श्रेष्ठ, सुजल श्रेष्ठ र शिव श्रेष्ठ घोषित भए। सबैले १५ हजार नगद हात पारे।

(फोटो : गोलनेपाल डट कम)
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell