PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

गृहमन्त्रीको दावी संविधान संशोधन प्रस्ताव पास हुन्छ



पहिलोपोस्ट

गृहमन्त्रीको दावी संविधान संशोधन प्रस्ताव पास हुन्छ

दमौली : दोस्रो संविधान सभा संशोधन प्रस्ताव असफल हुने भएपछि सत्ता नेतृत्व गर्ने दल माओवादी केन्द्रले बैकल्पिक प्रस्तावको गृहकार्य गरिरहेको बेला सत्ता सहयोगी दल नेपाली कांग्रेसका नेता तथा गृहमन्त्री विमलेन्द्र निधिले संविधान संशोधनको प्रस्ताव पास हुने दावी गरेका छन्।
गृहमन्त्रीले दावी गरे पनि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने दोस्रो संविधान संशोधन प्रस्ताव पारित नहुने देखेपछि 
पुरक प्रस्ताव ल्याउने तयारीमा छन्।

साेही सरकारका गृहमन्त्रीले भने पुरानै प्रस्ताव पास हुने झुठो दावी पेश गरे । तनहुँको दमौलीमा आयोजित पत्रकार भेटघाटमा उनले पछिल्ला दिनमा प्रमुख प्रतिपक्षी एमाले पनि लचक भइसकेकाले दावी गरे। तर संविधान संसोधनको दोस्रो प्रस्तावमा एमाले लचक दिखएको छैन। उनले मधेसी मोर्चाको हितमा हुने गरी ल्याइएको संविधान संशोधन पास हुने दाबी गरे । अब हुने तीनै तहको निर्वाचन गर्न वर्तमान सरकार सक्षम रहेको मन्त्री निधिको दावी थियो।

सरकार एकपछि अर्को निर्वाचन घोषणा गर्ने तयारीमा रहेकाले सुरक्षा व्यवस्था कडा बनाउन आफूले निर्देशन दिइसकेको गृहमन्त्री निधिले दावी गरे।
स्थानीय तह, प्रदेशसभा र संसद्को निर्वाचन गर्ने तयारीमा सरकारअघि बढिरहेकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई त्यसअनुसार सुरक्षाको प्रबन्ध मिलाउन निर्देशन दिइसकेको छु, उनले भने।
राससको सहयोगमा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell