PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

एफए कप : चेल्सी, आर्सनल, म्यानचेष्टर सिटी र टोटनहम अन्तिम १६ मा प्रवेश, लिभरपुल बाहिरियो



पहिलोपोस्ट

एफए कप : चेल्सी, आर्सनल, म्यानचेष्टर सिटी र टोटनहम अन्तिम १६ मा प्रवेश, लिभरपुल बाहिरियो

प्रिमियर लिगका क्लबहरु चेल्सी, आर्सनल, म्यानचेष्टर सिटी सहज जित हात पार्दै इंगलिस एफए कपको प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन्। यस्तै टोटनहमले पनि कठिन जितमा साथ अन्तिम १६ मा स्थान बनाउँदा लिभरपुल भने चौथो चरणबाटै बाहिरिएको छ। 

चेल्सीले ब्रेन्डफोर्डलाई ४-० ले हरायो। चेल्सीको जितमा विलियन, पेड्रो रोड्रिग्वेज, ब्रानिसलाभ इभानोभिच र मिची बात्सुईले गोल गरे।

यता थियो वाल्कोटको ह्याट्रिक मद्दतमा आर्सनलले साउथह्याम्पटनलाई ५-० ले पराजित गर्यो। आर्सनलको जितमा ड्यानी वेलब्याकले दुई गोल गरे।

अर्को खेलमा म्यानचेष्टर सिटीले क्रिस्टल प्यालेसलाई ३-० ले हरायो। सिटीको जितमा रहिम स्टर्लिङ, लरे साने र याय टुरेले गोल गरे।
यस्तै प्रतिस्पर्धात्मक बनेको खेलमा टोटनहमले इंगलिस फुटबल लिग टु को क्लब वाइकोम्ब वाल्डरसलाई ४-३ ले हरायो। दुई गोलले पछि परेको स्थिती उलटाउँदै टोनहमले उत्कृष्ट कमब्याक गरेको थियो। 

पाउल हायेसले दुई गोल गर्दै वाइकोम्ब वाल्डरसलाई २-० को अग्रता दिलाएका थिए। तर टोटनहमका हेउन मिन सन, भिनसेन्ट जानेसनले गोल गर्दै खेल बराबरी गरे। ग्यारी थोमपसनले गोल गर्दै वाइकोम्ब वाल्डरसलाईलाई फेरी अग्रता दिलाए। तर डेले अली हेउन मिन सनले गोल गर्दै टोटनहमलाई जित दिलाए।

लिभरपुल भने वल्भरह्याम्पटन वल्डरससँग २-१ ले पराजित हुँदै चौथो चरणबाटै बाहिरिएको छ। रिचार्ड स्ट्रेमन र आन्द्रेस वेइमनले गोल गर्दै वल्भरह्याम्पटनलाई पहिलो हाफमा २-० को अग्रत दिलाएका थिए। लिभरपुलका लागि दोस्रो हाफमा डिभोक ओरिगीले एक गोल फर्काए पनि जित दिलाउन सकेनन्।

लेस्टर सिटी डर्बीक काउन्टीसँग २-२ गोलको बराबरीमा रोकिँदा मिडल्स्ब्रो भने एक्रिनटन स्टानलेलाई १-० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेकोछ। बर्नले पनि ब्रिस्टोल सिटीलाई २-० ले पराजित गर्दै अन्तिम १६ मा प्रवेश गरेको छ।

लेस्टरले डर्बी काउन्टीसँग रिप्ले म्याच खेल्नेछ।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell