PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर मोहन बिक्रमको स्वाथ्यबारे जानकारी लिए



पहिलोपोस्ट

​प्रधानमन्त्री प्रचण्डले अस्पताल पुगेर मोहन बिक्रमको स्वाथ्यबारे जानकारी लिए

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फोक्सोमा समस्या भई ग्राण्डी अस्पतालमा उपचाररत नेकपा (मसाल) का महासचिव मोहन बिक्रम सिंहको स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन्। 

आइतवाबार बिहान ग्राण्डी अस्पताल पुगेर प्रचण्डको उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको प्रधानमन्त्रीको निजी सचिवालयद्धारा जारी बिज्ञप्तीमा उल्लेख छ। 

नेपालको कम्युनिष्ट आन्दोलनको अग्रज नेता सिंह विगत चार दिनदेखि अस्पतालमा उपचाररत छन् । ८१ बर्षीय सिंह सुगर, फोक्सोमा पानीलगायतका समस्या देखिएपछि गत बिहीवार अस्पताल भर्ना भएका थिए। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell