PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

अफ्रिकन कप : क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा, साडियो माने पेनाल्टी चुक्दा सेनेगल बाहिरियो



पहिलोपोस्ट

अफ्रिकन कप : क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा, साडियो माने पेनाल्टी चुक्दा सेनेगल बाहिरियो

क्यामरुन र बुर्किनाफासो गावोनमा जारी अफ्रिकन कप अफ नेसन्स अफकनको सेमिफाइनलमा प्रवेश गरेका छन्।

क्यामरुनले सेनेगललाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएका हो। साडियो माने पेनाल्टीमा गोल गर्न नसक्दा सेनेगल हार बेहोर्न बाध्य भयो। पाँचौं नम्वरमा पेनाल्टी प्रहार गरेका मानेले गोल गर्न सकेनन्।

यसअघि निर्धारित समय र अतिरिक्र समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपनि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो।

अर्को खेलमा बुर्किना फासोले ट्युनिसियालाई २-० ले हरायो। उसको जितमा अरिस्टीड बानस् र प्रेजुक नाकोउल्माले गोल गरे।




@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell