PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

प्रधानमन्त्रीद्वारा सहिद स्मारकमा माल्यार्पण



पहिलोपोस्ट

प्रधानमन्त्रीद्वारा सहिद स्मारकमा माल्यार्पण

काठमाडौँ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहिद सप्ताहको अन्तिम दिन आज लैनचौरमा रहेको सहिद स्मारकमा पुगी सहिदको शालिकमा फूलमाला अर्पण गर्दै सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।

सो श्रद्धाञ्जलि सभामा सभामुख ओनसरी घर्तीमगर, मन्त्रीहरू हितराज पाण्डे र रवीन्द्रराज जोशी, मुख्य सचिव डा. सोमलाल सुवेदी, प्रधान सेनापति, प्रहरी महानिरीक्षक र सरकारका कर्मचारीले पनि पुष्पगुच्छा अर्पण गर्दै सहिदको सम्झना गरेका थिए।

सोही अवसरमा नेपाली सेनाले सहिदको सम्झनामा एक मिनेट सम्मान गारक अर्पण गरेको थियो। 

काठमाडौँ महानगरपालिकाको आयोजनामा सहिद सप्ताहको अन्तिमा दिन आज रत्नपार्क शान्तिवाटिकाबाट प्रभातफेरीको आयोजना गरी सहिद स्मारक लैनचौर पुगी मूल समारोहमा परिणत भएको थियो।

२०१२ सालदेखि काठमाडौँ महानगरपालिकाले ज्ञात–अज्ञात सहिदको सम्झनामा हरेक वर्ष माघ १० देखि १६ गतेसम्मलाई सहिद सप्ताहका रूपमा मनाउँदै आएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell