PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

दिदी भेनसलाई हराउँदै बहिनी सेरेनाले जितिन् कीर्तिमानी २३ औं ग्राण्डसलाम उपाधि



पहिलोपोस्ट

दिदी भेनसलाई हराउँदै बहिनी सेरेनाले जितिन् कीर्तिमानी २३ औं ग्राण्डसलाम उपाधि

सेरेना विलियमसले आफ्दै दिदी भेनस विलियम्सलाई सोझो सेटमा पराजित गर्दै वर्षको पहिलो ग्राण्डसलाम टेनिस अष्ट्रेलियन ओपनको उपाधि जितेकी छिन्।

मेलवर्नमा भएको फाइनलमा ३५ वर्षीय सेरेनाले भेनसलाई ६-४ ६-४ को सेटमा हराइन्। धन्यवाद सेरेना २३ औं उपाधिका लागि। ३६ वर्षीय भेनेसले आफ्नै बहिनीले कीर्तिमानी उपाधि जितेपछि भनिन्। भेनस अष्ट्रेलियन ओपनको फाइनल खेल्ने सबैभन्दा बढी उमेरको खेलाडी समेत बनेकी छिन्।

जितसँगै सेरेनाले ओपन एरामा २३ औं ग्राण्डसलाम उपाधि जित्ने कीर्तिमान बनाएका छन्। उनले स्टेफी ग्राफको २२ औं ग्राण्डसलामको कीर्तिमानलाई पछि पारेकी हुन्। 

यस्तै सेरेना जर्मन एल्जेलिक करवरलाई पछि पार्नै पुनः विश्व नम्वर वनको वरीयता उक्लन सफल भएकी छिन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell