PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

ला लिगा : एथ्लेटिको मड्रिड अलाभेजसँग बराबरीमा रोकियो, भियारियल र सेल्टाभिगो विजयी



पहिलोपोस्ट

ला लिगा : एथ्लेटिको मड्रिड अलाभेजसँग बराबरीमा रोकियो, भियारियल र सेल्टाभिगो विजयी

स्पानिस ला लिगा अन्तर्गत शनिबार भएको खेलमा एथ्लेटिको मड्रिड अलाभेजसँग बराबरीमा रोकिएको छ। अलाभेजले आफ्नै मैदानमा एथ्लेटिकोलाई गोलरहित बराबरीमा रोकेको हो।

बराबरी पछि एथ्लेटिकोले सेभिया र बार्सिलोनासँग अंक दुरी कम बनाउने मौका गुमाएको छ। २० खेलबाट ३६ अंक जोडेको एथ्लेटिको चौथो स्थानमा यथावत छ।

दुई खेल कम खेलेको रियल मड्रिड ४३ अंकका सथ शीर्ष स्थानमा छ भने समान १९ खेले खेलेका सेभिया र बार्सिलोना दोस्रो र तेस्रोमा छन्।

ला लिगाकै अन्य खेलमा भियारियल र सेल्टाभिगोले जित हात पारेका छन्। भियारियलले ग्रानाडा र सेल्टाभिगोले लेगानेसलाई समान २-० ले हरायो।
यस्तै आइबरले डेपोर्टि ला कुरानलाई - १ ले पराजित गर्दा ओसासुना र मालागाले १-१ गोलको बराबरी खेलेका छन्।  

ला लिगा अन्तर्गत आज बार्सिलोनाले रियल बेटिससँग उसैको मैदानमा खेल्नेछ भने रियल मड्रिडले घरेलु मैदानमा रियल सोसिडाडसँग प्रतिस्पर्धा गर्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell