
रामपुर (पाल्पा) : पाल्पा बाकामलाङ गाविस– ४ लेखमलाङको एउटा घरमा आगलागी हुँदा करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको छ। भीमबहादुर सोतीको घरमा आगलागी हुँदा उक्त मूल्य बराबरको धनमाल जलेर नष्ट भएको हो।
खरको छानो भएको घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडा, सोलार सेट जलेर पूर्णरुपमा नष्ट भएको स्थानीय चेतन पुलामीले बताए। आगलागीबाट घर पूर्णरुपमा जलेपछि पीडित अहिले छिमेकिको घरमा शरण लिएर बसेको वडा नागरिक मञ्चका संयोजक टुकबहादुर सोतीले बताए।
गाउँ र छिमेकिबाट अन्नपात, लत्ताकपडा र केही आर्थिक रकम जुटाएर तत्कालका लागि उनलाई बासस्थानको व्यवस्था मिलाइएको छ।रासस