काठमाडौं : नेपाली बजारमा पहेँलो धातु सुनको मूल्य बढेको छ। शुक्रबारको तुलनामा तोलामा दुई सय रुपैयाँले सुनको भाउ वृद्धि भएको हो।
आज नेपाली बजारमा छापावाल सुनको मूल्य ५४ हजार ८ सय रुपैयाँ कायम भएको छ भने तेजाबी सुन ५४ हजार ५ सय रुपैयाँ पुगेको छ। चाँदीको मूल्य भने ८ सय पुगेको छ। आज नेपाली बजारमा चाँदीको मूल्य १५ रुपैयाँ बढेको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि हुँदा सुनको मूल्यमा गिरावट आएको थियो। अहिले फेरि डलरको मूल्यमा आएको मन्दीसँगै सुनमा आकर्षण बढेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए।