PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

ओबामाले बनाएका जजले दिए ट्रम्पलाई झड्का, शरणार्थीलाई बाहिर निकाल्ने आदेशमा अदालतको रोक



पहिलोपोस्ट

ओबामाले बनाएका जजले दिए ट्रम्पलाई झड्का, शरणार्थीलाई बाहिर निकाल्ने आदेशमा अदालतको रोक

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो कार्यकाल सुरु भएको पहिलो हप्तामै अदालतबाट ठूलो झट्का लागेको छ। एक फेडरल जजले शरणार्थी मुद्दामा उनको शासकीय आदेशको एक हिस्सालाई पालन गर्नु पर्ने कुरामा रोक लगाएको छ। 

न्यूयोर्क टाइम्सका अनुसार फेडरल जज ऐन एम डानेलीले अमेरिकाको हवाई अड्डामा फसेका शरणार्थी र अर्को देशका नागरिकलाई फिर्ता पठाउनु हुँदैन भनेर आदेश दिएका थिए। 

जज डानेली तिनै व्यक्ति हुन्, जसलाई पूर्व राष्ट्रपति ओबामाले जज बनाएका थिए। उनले अमेरिकी सिविल लिबर्टिज युनियनको निवेदनमाथि फैसला पनि सुनाएका थिए। उनले भनेका थिए, ‘नागरिकहरूलाई उनीहरूको देश फिर्ता पठाएपछि तिनलाई ‘अपूरणीय क्षति’ हुनेछ।’ 

तर पनि जज डानेलीले यी व्यक्तिलाई देशभित्र प्रवेश गर्ने अनुमति दिने अथवा ट्रम्पको शासकीय आदेशको संवैधानिकतामाथि कुनै विस्तृत फैसला भएको छैन। उनलाई थुनामा राख्ने विरुद्धको आदेश भने दिएका छैनन्। तर यस्तो हुनुमा उनले कोर्टको ढोका खुल्लै भएको प्रस्ट पारे। 

वासिङ्गटन पोस्टका अनुसार न्युयोर्कमा यो आदेशको केही समयपछि भर्जिनियामा अमेरिकी डिस्ट्रिक जज लियोमी ब्रिनकेमाले राज्यको डलेस अन्तर्राष्ट्रिय हवाई अड्डामा हिरासतमा लिइएका केही ग्रीन कार्ड होल्डर व्यक्तिलाई हटाइएको विरुद्धमा आदेश जारी गर्‍यो।

ग्रीन कार्ड भएर पनि करिब ५० जनालाई अमेरिकामा फिर्ता हुन नदिइएको कुरा जनाइएको थियो। आदेश आएपछि केही व्यक्तिलाई प्रवेश गर्न दिइयो र उनको परिवारसित भेट गर्ने अनुमति पनि पाइयो। यसै सिलसिलामा एयरपोर्टमा ठूलो सङ्ख्यामा अमेरिकी नागरिक मुस्लिम तथा अन्य देशका नागरिकको लागि समर्थन जनाउन त्यहाँ पुगे। 

ट्रम्पले शुक्रबार शरणार्थीमाथि रोक लगाउन दिएको आदेशपश्चात् धेरैजसो हवाई अड्डामा विदेशबाट अमेरिका फकिएरहेका व्यक्तिको लागि प्रवेश बन्द गरिएको थियो। यस्ता कतिपय व्यक्ति एयरपोर्टमै अलपत्र परेका छन्। अमेरिकामा अध्ययन गरिरहेका थुप्रै विद्यार्थीहरूलाई फिर्ता आउनबाट रोक लगाइएको छ। 

ट्रम्पले शुक्रबार हस्ताक्षर गरेको एउटा शासकीय आदेशका माध्यमबाट अमेरिकाका सबै सिमाना विश्वभरिका शरणार्थीको लागि बन्द गरिएका थिए। साथै ७ वटा मुस्लिम देशका नागरिकलाई अमेरिका प्रवेश अस्थायी रुपमा बन्द गरिएको फर्स्टपोस्टले उल्लेख गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell