
कठमाडौं: बैंकर अनिल शाहले मोटिभेशनल स्पिकर सृष्टी केसीमाथी बन्ने बायोपिक फिल्म 'ब्लाइन्ड रक्स'मा अभिनय गर्ने भएका छन्।
आउँदो साताबाट छायाँकन सुरु गर्ने तयारीमा लागेको बायोपिक ब्लाइन्ड रक्सम युनिटले शाहको विशेष भूमिकामा भएको बतएको छ।
निर्देशक मिलन चाम्सले शाहको अनुबन्धनबारे जानकारी दिँदै 'फिल्ममा शाहकको महत्वपूर्ण भूमिकामा रहेको बताए। 'अहिलेनै उनले निभाउने चरित्रबारे सबै बोल्नु ठिक होइन’, चाम्सले भने,'अब उहाँ केही समय एक्शन कटमा व्यस्त रहनुहुनेछ।'
निकेश लिम्बुले निर्माण गर्न लागेको फिल्ममा बेनिशा हमाल सृष्टिको भूमिकामा अभिनय गर्दैछिन्। गौरी मल्ल र नाजिर हुसेनको समेत फिल्ममा अभिनय रहनेछ।
बाल्यकालमै दृष्टि गुमाएकी सृष्टि अहिले उत्प्रेरणा जगाउने खालका प्रवचनमा सक्रिय छिन्। ब्लाइन्ड रक्स संस्थामार्फत उनले युवालाई जीवनप्रति आशावादी तुल्याउन काम गर्दै आइरहेकी छन्।