PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

पर्सा कांग्रेसको निर्वाचन माघ २५ मा, सभापतिमा चार उम्मेदवार



पहिलोपोस्ट

पर्सा कांग्रेसको निर्वाचन माघ २५ मा, सभापतिमा चार उम्मेदवार

वीरगञ्ज : नेपाली कांग्रेस पर्साको निर्वाचन माघको अन्तिम साता हुने तय भएको छ । पटकपटक जिल्लामा निर्वाचन समय तालिका सार्दै आएकोमा माघ २५,२६ र २७ गते निर्वाचन गर्ने कार्यक्रम तोकिएको हो।

नेपाली काग्रेस पर्साका सचिव अशोक जायसवालले निर्वाचन मिति अब नसर्ने बताए। कांग्रेस निर्वाचन समिति पर्साका प्रमुख निर्वाचन अधिकृत देवेन्द्र कोइरालाले निर्वाचनका लागि केन्द्रवाट आएको निर्देशकनका अधारमा मिति तोकिएको बताए ।

नेपाली कांग्रेस पर्साको निर्वाचन तालिका अनुसार माघ २५ गते नामाड्ढन दर्ता ,दाबी विरोध ,नामाड्ढन फिर्ता कार्यक्रम छ भने २६ गते चुनाव हुने तय गरिएको छ । 

नेपाली कांग्रेस पर्साको सभापतिमा नेपाली काग्रेस पर्साका पूर्व सभापति एवं पूर्व सभासद् अजय द्विवेदी, पूर्व जिल्ला विकास समिति सभापति जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका सचिव अशोक जायसवाल र बशिष्ट नारायण कुर्मी उम्मेदवारी घोषणा गरेर प्रचार शुरु गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell