PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

राष्ट्रपतिले भनिन्, 'अब कसैले सहिद बन्नुनपर्ने गरी लोकतन्त्र संस्थागत गरौँ'



पहिलोपोस्ट

राष्ट्रपतिले भनिन्, 'अब कसैले सहिद बन्नुनपर्ने गरी लोकतन्त्र संस्थागत गरौँ'

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले अब कसैले सहिद हुनुनपर्ने गरी लोकतन्त्रको संस्थागत विकास गरिनुपर्ने बताएकी छिन्।

सहिद दिवसका अवसरमा शान्ति तथा पुननिर्माण मन्त्रालय र राष्ट्रिय सहिद तथा शान्तिस्मारकले आज गोकर्णमा आयोजना गरेको राष्ट्रिय सहिद एवम् वर–पिपल वृक्षारोपण कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्– 'सही लोकतान्त्रिक अभ्यासले नै लोकतन्त्रको जरो बलियो हुन्छ।'

राष्ट्रपति भण्डारीले 'अब कसैले सहिद बन्नु नपर्ने वातावरण सिर्जना गरेमा मात्र सहिदप्रति सच्चा श्रद्धाञ्जलि हुन्छ' भन्दै उनले भनिन्- 'लोकतान्त्रिक अभ्यासले नै समस्या समाधानमा सहयोग गर्नेछ, सहमति र सहकार्यका साथ अघि बढ्न सबै दललाई सहिद दिवसले प्रेरणा देओस्।'

सरकारले विसं २०७१ देखि २०८० सम्मलाई वन दशक घोषणा गरेकाले यसले जलवायू परिवर्तन र तापमानलाई सन्तुलनमा ल्याउने विश्वास व्यक्त गर्दै उनले भनिन्– 'पूर्खाले वर र पिपलको बिरुवा रोप्ने प्रचलन वातावरण सन्तुलन कायम राख्न चलाएको कदमप्रति सबैको ध्यान जानुपर्दछ।'

शान्ति तथा पुननिर्माणमन्त्री सीतादेवी यादवले सहिदस्मारक निर्माण सम्पन्न भएपछि सहिदप्रति थोरै भए पनि न्याय हुने विश्वास व्यक्त गरिन्।
 
'विगतमा राहत नपाएका द्वन्द्वपीडितलाई राहत वितरणका लागि कार्यदल गठन भएको छ, अव पीडित सबैले राहत पाउनेछन्, सहिद स्मारक बनेपछि शान्ति स्थापनाका ठोस् आधार तयार हुनेछ, द्वन्द्वपछिको पुननिर्माणलाई पनि मन्त्रालयले तीव्रता दिनेछ'–उनले भनिन्।
 
मन्त्री यादवले सरकारको निर्णयअनुसार निर्माण भइरहेको स्मारक सम्पन्न गर्न २०७२ साल वैशाखको भूकम्प र सोही वर्षको असोज पछिको अघोषित नाकाबन्दीले केही ढिलाइ भए पनि अब छिटो सम्पन्न हुने विश्वास व्यक्त गरिन्।
 
मन्त्रिपरिषद्ले विसं २०६४ जेठ ११ गते गोकर्णको यज्ञडोल (जगडोल) सामुदायिक वनको ६५० रोपनी क्षेत्रफलमा सहिदका नाममा स्मारक निर्माण गर्ने निर्णय गरेको थियो।
 
स्मारकअन्तर्गत बन्ने गरी पाँचवटा सहायक पार्क निर्माणको गुरुयोजना पनि मन्त्रालयले स्वीकृत गरिसकेको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell