PahiloPost

Nov 23, 2024 | ८ मंसिर २०८१

एसियन कप छनोट : प्रतियोगिता सुरु हुन दुई महिना बाँकी, नेपालले घरेलु मैदानमा खेल्ने सम्भावना कति?



गोविन्दराज नेपाल

एसियन कप छनोट : प्रतियोगिता सुरु हुन दुई महिना बाँकी, नेपालले घरेलु मैदानमा खेल्ने सम्भावना कति?

काठमाडौं : नेपालले आगामी मार्च २८ देखि एएफसी एसियन कपको अन्तिम चरणमा छनोट खेल्दैछ।

नेपालले अन्तिम चरणको छनोट खेल्नका लागि केही हदसम्म भाग्यले पनि साथ दियो। यसअघि पहिलो चरणमा भारतसँग पराजित हुँदै छनोट चरणबाट बाहिरिएको नेपालले फेरि अवसर पाएको हो।

एसियन कपको पहिलो चरण र २०१८ को विश्वकपको लागि सन् २०१५ को मार्चमा भएको छनोटमा नेपाल भारतसाग दुई लेगको खेलमा २-० ले पराजित भएको थियो।

तर गत नोभेम्वरमा भएको एएफसी सोलिडारिटी कप जित्नु र अन्तिम चरणमा छनोट भएका ग्वामले प्रतियोगिताबाट नाम फिर्ता लिनुले नेपालको भाग्य चम्केको छ।

छनोट सुरु भएससँगै नेपाल दुई वर्ष अन्तर्राष्ट्रिय फुटबलमा व्यस्त हुनेछ।

एसियन कप छनोटको लागि समूह विभाजन भइसकेको छ भने खेल तालिकासमेत सार्वजनिक भइसकेको छ। फिलिपिन्स, ताजिकिस्तान र यमनसँगै नेपाल छनोटको समूह एफमा छ।

होम एण्ड अवेका आधारमा खेलाइने छनोटमा नेपालले तीन खेल घरेलु मैदानमा खेल्न पाउनेछ भने तीन खेल अवे मैदानमा खेल्नेछ।

तर नेपालको एक मात्र अन्तर्राष्ट्रिय स्तरको दशरथ रंगशाला अहिले अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल खेल्न लायक छैन। विनाशकारी भूकम्पका कारण रंगशालमाको भौतिक पूर्वाधारमा क्षति पुगेको छ र पुनर्निमाणको कार्य जारी रहे पनि तोकिएको समयमा पूरा हुने छाँटकाँट छैन।

त्यसैको त्यस्को विकल्पमा एन्फा कम्प्लेक्स सातदोबाटोको मैदान र सशस्त्र प्रहरी बलको हलचोक मैदान रहेको छ।

यसको लागि एन्फाले एएफसीमा जानकारी पनि गराइसकेको छ। दुईमध्ये कुनै एकलाई एएफसीले निरीक्षण गरेको अप्रुभ गरेको खण्डमा मात्र नेपालले उक्त मैदानमा इन्टरनेशल गेम खेलाउन सक्छ।

एन्फा कम्प्लेक्समा अन्तर्राष्ट्रिय स्तरको खेल गर्नका लागि तीन वटा पक्ष महत्वपूर्ण रहेको फुटबल विश्लेषक सन्जिव मिश्र बताउँछन्।


पहिलो नेशनल टिमले इन्टरनेशल गेम खेल्ने स्टेडियममा टेम्पोररी सिट राख्न मिल्दैन।

दोस्रो एन्फा कम्प्लेक्समा राखिएको कृतिम घाँस एस्ट्रो टर्फ मैदानमा इन्टरनेशल गेम खेलाउन फिफाबाट स्वीकृत हुनुपर्छ। जसको लागि थ्री स्टारको मान्यता पाउनुपर्छ, अहिले त्यसलाई टु स्टारको मात्र मान्यता छ।

तेस्रो नेपालले इन्टरनेशल गेम खेल्दा जहिल्यै २० हजार भन्दा बढी दर्शक खेल हेर्न जान्छन्। त्यहाँ ३ हजारको हाराहारीमा दर्शक अटाउँछ। भित्र ३ हजार राखेर सम्भव पनि हुँदैन।

'एन्फाको अफिस पनि त्यही, खेल पनि त्यही गर्दा अलि गाह्रो हुन्छ।' मिश्र भन्छन्। 'बरु सुरक्षाको देष्टिकोणले हेर्दा हलचोकको मैदानमा खेलाउन सकिने सम्भावना रहन्छ।'

यदी एएफसीले नेपालको मैदानलाई अयोग्य घोषणा गरेको खण्डमा नेपालले न्युट्रल भेन्युमा खेल्नुपर्ने हुन्छ। त्यसो हुनु भनेको नेपालको लागि घाटा हो। नेपालले घरेलु मैदानमा खेल्दा जति दर्शकको समर्थन पाउँछ बाहिर खेल्दा अवश्य पनि पाउनेछैन, धरेुल मैदान र घरेलु दर्शकको समर्थनमा नेपालले यसअघि पनि राम्रो प्रदर्शन गर्दै  आइरहेको छ।

बाहिर खेल्दा एक त नेपालले घरेलु दर्शकको अभाव महसुस गर्नेछ भने अर्को नेपालले घरेलु मैदानमा हुने खेल न्युट्रल भेन्युमा गर्नुपरे खर्च पनि बढ्नेछ।

नेपालले घरेलु मैदानमा खेल्न पाएन भने थाइल्याण्ड, मलेसिया, कतारलाई न्युट्रल भेन्युको रुपमा प्रयोग हुने सम्भावना छ। यसमध्ये पनि कतार नेपालको लागि उपयुक्त हुन सक्ने मिश्रको भनाइ छ।

नेपालले मार्च २८ मा फिलिपिन्ससँग अवे म्याच खेल्दै एएफसी एसियन कप छनोटको यात्रा सुरु गर्दैछ। उक्त खेलेको लागि मैदानको टुङ्गो लागिसकेको छ। नेपाल र फिलिपिन्सबीचको खेल मनिास्थित रिजाल मेमोरियल स्टेडियममा हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell