PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

मृत अवस्थामा फेला परे रानाभाट



पहिलोपोस्ट

दमौली : घरबाट पाँच दिनदेखि हराएका एक व्यक्ति आज मृत अवस्थामा भेटिएका छन्।
 
भिरकोट गाविस–५ घर भई हाल काहुँ शिवपुर–१ झापुटार बस्दै आएका ४९ वर्षीय दुर्गाबहादुर रानाभाट मृत अवस्थामा फेला परेको घटनास्थल पुगेका प्रहरी निरीक्षक विजय पौडेलले बताए।
 
सेती र मादी नदीको दोभानभन्दा केही तल ढुङ्गाको अन्तरमा अल्झेको अवस्थामा उनको शव फेला परेको थियो। माघ १२ गते घरबाट हराएका रानाभाटको घरपरिवारले खोजी गरिरहेका थिए। मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell