PahiloPost

May 6, 2025 | २३ बैशाख २०८२

खुकुरी च्यालेन्जर्स टी २० को उपाधिका लागि सुरक्षा क्रिकेट कलब र टिप टप भिड्ने



पहिलोपोस्ट

खुकुरी च्यालेन्जर्स टी २० को उपाधिका लागि सुरक्षा क्रिकेट कलब र टिप टप भिड्ने

काठमाडौं : खुकुरी च्यालेन्जर्स टी २० क्रिकेट प्रतियोगिताको उपाधिका लागि सुरक्षा क्रिकेट क्लब र टिप टप भिड्ने भएका छन्।

आइतबार भएको सेमिफाइनलमा टिप टपले बालुवाटार क्रिकेट क्लबलाई ७ विकेट तथा सुरक्षा क्लबले रोएल पिसी फाइटरलाई १९ रनले पराजित गर्दै फाइनल भिडन्त पक्का गरेका हुन्। 

भक्तपुरस्थित सैनिक आवासिय महाविद्यालयमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सुरक्षा क्लबले सुनिल धमलाको नटआउट ८९ रनको मद्दतमा निर्धारित १८ ओभरमा ३ विकेट गुमाउँदै १६१ रन बनायो। ६० बल खेलेका धमलाले ९ चौका र र ३ छक्का प्रहार गरे।

यस्तै अमित श्रेष्ठले २३ रन जोडे भने आरिफ शेख २४ रनमा नटआउट रहे। आरिफले ९ बल खेल्दै २ चौका र २ छक्का समेत प्रहार गरे।
पिसी फाइटरका यज्ञमान कुमाल, सन्दीप जोहरा र बसन्त खत्रीले १/१ विकेट लिए।

जवाफमा १६२ रनको लक्ष्य पछ्याएको पिसी फाइटरले निर्धारित १८ ओभर खेल्दै ७ विकेटको क्षतीम १४२ रन मात्र बनाउन सक्यो। पिसी फाइटरका सन्दीप जोहराले ५० तथा यज्ञमान कुमालले २७ रन बनाएपनि टीमलाई जिताउन सकेनन्। भुपेन्द्र थापा १८ रनमा नटआउट रहे।

सुरक्षा क्लबका प्रेम तामाङले ३, अमित श्रेष्ठले २ तथा ललित राजवंशीले १ विकेट लिए। सुरक्षा क्लबका सुनिल धमला 'म्यान अफ दि म्याच' चुनिए।

अर्को खेलमा बालुवाटारले दिएको ११६ रनको लक्ष्य टिपटपले १२.५ ओभरमा पुरा गर्यो। टस जितेर पहिले ब्याटिङ गरेको बालुवाटारले १९.२ ओभरमा अलआउट हुँदै ११५ रन मात्र बनाउन सक्यो। बालुवाटारका लागि रोहित पौडेलले सर्बाधिक २५ रन बनाए भने राजु थापाले १९ रन जोडे। सोनु तामाङले ३ तथा पसन्न शाक्यले २ विकेट लिए।

जवाफमा टिपटपले १२.५ ओभरमा ३ विकेट गुमाउँदै लक्ष्य भेट्टयो। टिप टपको जितमा प्रकाश विष्टले सर्बाधिक ३२ रन बनाए भने सोनु तामाङेले २४ रन योगदान गरे। आशु कन्डोइले ३० रनमा नटआउट रहे। बालुवाटारका सोनु लामाले २ विकेट हात पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell