
काठमाडौं : सशस्त्र प्रहरी महानिरीक्षक चौथो राष्ट्रिय खुला महिला भलिबल प्रतियोगितामा साबिक विजेता एपीएफले बिजयी शुरुवात गरेको छ।
हलचोकस्थित घरेलु भलिबल कोर्टमा भएको उद्घाटन खेलमा एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रलाई ३-० को सोझो सेटमा हरायो।
ज्योती चौधरीको कप्तानीमा कोर्टमा उत्रिएको एपीएफले जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमाथी २५-२०,२५-९ र २५-१२ को सहज जित निकाल्यो।
नियमित कप्तान बिनिता बुढाथोकी लगायत नेबिका चौधरी, सरस्वती चौधरी, रेश्मा भण्डारी र उषा बिष्ट वुमन्स वर्ल्ड छनोट प्रतियोगिता खेल्न माल्दिभ्स गएका कारण एपीएफको कप्तानी ज्योती चौधरी सम्हालेकी हुन्। एपीएफकी हिरा केसी 'वुमन अफ द म्याच' भईन्।