PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

नाडललाई हराउँदै फेडेरले जिते १८ औं ग्राण्डसलाम टेनिस उपाधि



पहिलोपोस्ट

नाडललाई हराउँदै फेडेरले जिते १८ औं ग्राण्डसलाम टेनिस उपाधि

स्वीस स्टार रोजर फेडेररले कीर्तिमानी १८ औं पटक ग्राण्डसलाम टेनिसको उपाधि जितेका छन्।

आइतबार सम्पन्न अष्ट्रेलियन ओपनको फाइनलमा स्पेनी राफेल नाडालाई ६-४, ३-६, ६-१, ३-६ ६-३ को सेटमा पराजित गर्दै ५ वर्ष यता पहिलो पटक ग्राण्डसलामको उपाधि जितेका हुन्। फेडेररले पछिल्लो पटक सन् २०१२ मा विम्वलडनको उपाधि जितेका थिए।

फेडेररले नाडालाई अष्ट्रेलियन ओपनमा पराजित गरेको यो पहिलो पटक हो। यसअघि फेडेरर नाडलसँग मेलवर्नमा तीन पटक हारेका थिए।

यस्तै फेडेररले मेलवर्नमा उपाधि जितेको यो पाँचौं अवसर हो। फेडेरर तीन ग्राण्डसालममा पाँच वा सो भन्दा बढी उपाधि जित्ने पहिलो खेलाडी समेत बनेका छन्।

उनले युएस ओपन ५ तथा विमवलडन ओपन ७ पटक जितेका छन्। यस्तै फ्रेन्च ओपन १ पटक जितेका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell