
स्पानिस ला लिगा अन्तर्गत आइतबार भएको खेलमा बार्सिलोना रियल बेटिससँग बराबरीमा रोकिएको छ।
लुइस सुवारेजको खेलको अन्तिम मिनेटमा गरेको गोलको मद्दतमा बार्सिलोनाले बेटिससँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको हो।
७५ औं मिनेटमा अलेक्जान्डर अलेग्रिअले गोल गर्दै घरेलु टोली बेटिसलाई अग्रता दिलाएका थिए। निर्धारित समयमा जित नजिक पुगेका बेला लियोनल मेसीको पासमा सुवारेजले गोल गर्दै बार्सिलोनालाई अंक दिलाएका हुन्।
बराबरीपछि २० खेलबाट सेभिया समान ४२ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा उक्लेको छ। खएक खेल कम खेलेको सेभिया समान अंक भएपनि गोलअन्तरमा तेस्रोमा छ। सेभियाले आजै स्पानयोलसँग खेल्नेछ।