PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

एक ३३ वर्षिया युवतीको कथा जो ३० वर्ष आफ्नै बाबुबाट बन्धक बनिन्



पहिलोपोस्ट

एक ३३ वर्षिया युवतीको कथा जो ३० वर्ष आफ्नै बाबुबाट बन्धक बनिन्

ठिक ११: ५५ बजे। ब्रिक्स्टनको काउन्सिल फ्ल्याटको मुख्य ढोका खुला थियो। दुईजना महिलाले शान्त सडकमा पाइला राखे। युवती रोजीको चाल पीडादायी देखिएको थियो। उनी मुस्किलले हिँड्न सकेकी थिइन्। उनी ३० वर्षीय कैदी जीवनबाट मुक्त भएर स्वतन्त्र भएकी थिइन्। उनी बिरामी थिइन् र तत्काल उपचारको आवश्यकता थियो उनलाई।
 
३० वर्षबीचमा एक्लै हिँड्न रोजिले कहिल्यै अनुमति पाइनन्। उनलाई भनिएको थियो यदि उनी एक्लै घरबाहिर निस्किइन् भने उनी ज्यूँदो रहने छैनन्। बिरामीबाट बाँच्न सक्दिनँ कि, उनमा यही चिन्ता थियो।
 
सन् २०१३ अक्टोबर २५ मा एक महिलाले रोजी र अर्की महिला जोजीलाई लुकाएर सडकमा निकाल्न सफल भइन्। मानवतस्करी, गुलामी र यातनाको सिकार भएका व्यक्तिको उद्धार गर्ने एक संस्थाका सदस्य उनीहरुको प्रतिक्षामा थिए। उनीहरुले नै यी दुवै महिलालाई यातना गृहबाट निकालेका थिए।
 
केही समयमै खुल्यो रोजी र ५७ वर्षीय जोजीमात्रै थिएनन् त्यो फ्ल्याटमा। त्यहाँ अरु महिला पनि थिए। जब प्रहरी पुन: फ्ल्याटमा फर्किए उनीहरुको भेट एक ६९ वर्षीय मलेसियन महिला आइसासँग भयो। पहिला त उनी फ्ल्याटबाट निस्कन मानेकी थिइनन्। कुराकानीका क्रममा उनले आफ्नो निर्णय बदलिन् र बाहिर निस्कन राजी भइन्।
 
उनीहरु मुक्त भएपछि खुल्यो, उनीहरुको जीवन कति डरलाग्दो थियो भन्ने। यी तीनै महिला निकै डराइरहेका थिए। उनीहरु एक शक्तिशाली व्यक्ति ज्याकीको कुरा गरिरहेका थिए। उनीहरुको कुराकानीमा यस्तो लाग्थ्यो कि यो एक प्रतिशोधको विषय हो। उनीहरुलाई बिजुलीको तारले दु:ख दिइएको थियो। यस्ता लागिरहेको थियो एक यन्त्रको सहायताले पुरै घर ध्वस्त पार्ने तयारी थियो।
 

आफ्नो जीवनको सबै कुरा सार्वजनिक हुने भएपछि रोजीको आत्मविश्वास बढ्दै गयो। पहिला रोजीले आफ्नो नाम परिवर्तन गर्ने निर्णय गरिन्। उनले आफ्नो नाम चर्चित गीतकार केटी पेरीबाट प्रभावित भएर केटी राखिन्।
 
केटीको जन्म सन् १९८३ मा भएको थियो। उनको आमा सियान डेविस समाज सेवामा थिइन्। ८० को दशकमा कामरेड बाला र उनको आमाबीच शारीरिक सम्पर्क भयो र उनी गर्भवती भइन्। बच्चा जन्मिएपछि उनको नाम प्रेम माओपिदुजी राखियो। उनी कामरेड बालाको कैदमा थिइन् तर उनी आफ्नो बाबु हो भन्ने जानकारी भने थिएन।
 
ब्रिक्टनको त्यो घर जहाँबाट तीन युवतीको उद्धार गरिएको थियो। त्यसका मालिक थिए अरविन्दन बालाकृष्णन। उनी कामरेड बाला या एबीको नामले परिचित थिए। कामरेड बालासँगको बिताएका पलपल सम्झदै केटीले खुलाइन् उनले कसरी आफ्ना कमरेडमाथि नियन्त्रण राखेका थिए भन्ने।

कमरेड बाला भन्थे म भगवान हुँ। दुनियाँमा उनको राज चल्छ अनि उनी अमर छन्। उनी सबैका नेता हुन् अनि सबै जना उनको आज्ञाको पालना गर्छन्। आफूसँगै सबै शक्तिशाली मेसिन भएको उनी दाबी गर्थे। उनी ती मेसिनलाई अल्लाह, क्रिष्ट र कृष्ण भन्थे।
 
कामरेड बाला जैकीको नाम लिन्थे। उनका अनुसार ज्याकी चिनियाँले बनाएको एक अदृष्य स्याटलाइट कम्प्युटर हो। उनी दाबी गर्थे ज्याकीको सहायताले उनी फ्ल्याटभित्र बसेर पुरै दुनियाँमा नियन्त्रण गर्छन्। विश्वमा हुने युद्ध र विपद् सबैको जिम्म्वारी उनी लिन्थे र ती सबै काम आफूले गराएको दाबी गर्थे।
 
सन् १९९५ मा पिज्जा पुर्याउने व्यक्तिले झुक्किएर उनको फ्ल्याटको घन्टी बजाइदियो। बालाले केटी लगायतकालाई आफूले नमगाए पनि ब्रिटिस फासिस्ट सरकारले पिज्जा पठाएर उक्साउने काम गरेको र घन्टी बजाएर महत्त्पूर्ण राजनीतिक काममा बाधा पुर्याएको दाबी गरेका थिए। त्यसको एक दिनपछि जापानमा ठूलो भूकम्प गयो। उनले फासिस्ट सरकारले भगवानको ढोका ढक्ढक्याएको र ठूलो भूकम्प आएको दाबी गरे।
 
'हामीलाई सबै कुराबारे जानकारी थियो तर मजबूरीमा स्वीकार गर्नुपर्थ्यो आइसाले भनिन्।
 

(केटीकी आमा सियान डेविस )
बालकृष्णनन् आफ्ना अनुयायीहरुसित भन्थे- 'हेर यो पत्रिका हो। यसको लेखलाई हेर। यो मेरो बारेमा लेखिएको हो।' अनि उनी फेरि सोध्थे, 'को कसको लागि आएको छ। सबै अनुयायी एकै स्वरमा जवाफ दिन्थे सबै तपाईँकै लागि।'
जब केटी सानै थिइन्, कामरेड बालाले उनलाई सजायस्वरुप घरको ढोका बन्द गरिदिए। उनलाई लाग्न थाल्यो उनी यहाँ मर्नका लागि बसेकी छिन्। त्यहाँको दैनिकी निक्कै कष्टकर थियो। उनका अनुयायीहरु बिहानै सबेरै उठ्नुपर्थ्यो। खाना बनाएर बालकृष्णननलाई दिनुपर्थ्यो। हरेक बिहान उभिएर उनको प्रवचन सुन्नुपर्थ्यो। कहिलेकाँही यसको समय तीन घण्टासम्म हुन्थ्यो।
 
बालकृष्णनन् भन्थे सबै पद्धति मार्क्स, लेनिन र माओको मतअनुसार चलिरहेको छ। यो समूह कम्युनिष्ट क्रान्ति ल्याएर नयाँ दुनियाँ बनाउन चाहन्छन्। उनी भन्थे, 'चन्द्रामामा मान्छे पुग्ने र परमाणु बम विष्फोटको काम उनी जन्मनुभन्दा १ सय ५० वर्ष पहिल्यै भएको थियो। उनी सबै विषय आफूसँग जोडिएको बताउँथे। जो उनले भनेअनुसार काम गर्छ त्यो आफूजस्तै अमर हुने दाबी गर्थे।
 
बालकृष्णननको जन्म सन् १९४० मा भारतमा भएको थियो। उनको बाल्यकाल यतै बितेको थियो। ८ वर्षको उमेरमा उनी आफ्नो परिवारसँग सिंगापुर गए। १९६३ मा उनले ब्रिटिस काउन्सिलको स्कलरसिप पाएर बेलायतको लण्डन स्कुल अफ इकनोमिक्समा पुगे।
उनी त्यहीँ लेफ्ट विचारधाराबाट प्रभावित भएका थिए। उनले पढ़ाई छोडिदिए। उनले सन् १९७४ मा एक संस्था बनाए जसको नारा थियो चीनको चेयरम्यान हाम्रो चेयरम्यान अनि चीनको मार्ग मेरो मार्ग। १९७६ मा यो संगठन ब्रिक्स्टन सिफ्ट भयो। आइसा २४ सालको उमेरमा यो समूहमा आबद्ध भएकी थिइन्।
 
सियानको बाबुले आत्महत्या गरेका थिए। बालाकृष्णनन् यसको जिम्मेवार उनलाई नै मान्थ्यो। १९९६ मा सियानको मानसिक अवस्था बिग्रियो। उनी बाथरूमको झ्यालबाट खसिन्। यसलाई उनले आत्महत्याको प्रयास गरेको भनियो र उनी आफूलाई सैतान भएको बताउँथिन्।
 
सन् २००५ सम्म केटीको अवस्था निक्कै बिग्रिसकेको थियो। २२ वर्षको उमेरसम्म केटी घरमा नै बन्द भइन्। उनले त्यहाँबाट भाग्ने निर्णय गरिन्। सामान पोको पारिन् र बाहिर निस्किइन्। उनले सडकमा हिँडिरहेकाहरुसँग सहयोग मागिन्। उनलाई प्रहरीकोमा जान भनियो। प्रहरीकोमा गएर फ्ल्याटभित्रको अवस्थाबारे बताउन उनलाई निक्कै मुस्किल भयो।
 
सन् २०१५ मा बालकृष्णन कानुनको कठघरामा परे। उनीमाथि यौन अपराध र छोरीलाई कैद गरेको आरोप लाग्यो। प्रहरी अनुसन्धानमा उनले दुई महिलालाई बलात्कार गरेका थिए। यो क्रम वर्षौँ जारी रह्यो। ती महिलाका अनुसार कुटपिट र बलात्कारका कारण उनले १३ वर्षपछि समूह छाडिन्। उनीबाट पीडित दोस्रो युवती मलेसियन नर्स थिइन्।
 
सन् २०१६ मा बाला बलात्कार, यौन हमला, बालशोषण र गलत तरिकाले छोरीलाई कैदी बनाएको अभियोगमा दोषी ठहरिए। यसको १ वर्षपछि गत वर्ष २३ वर्ष कैद सजाय पाएर उनी कारागार चलान भए।
बिबिसी हिन्दीबाट



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell