PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​जागिरको प्रलोभनमा दुबई लगेर विक्री गर्न खोज्ने ट्राभल्स र म्यानपावरका सञ्चालक पक्राउ



पहिलोपोस्ट

​जागिरको प्रलोभनमा दुबई लगेर विक्री गर्न खोज्ने ट्राभल्स र म्यानपावरका सञ्चालक पक्राउ

काठमाडौं : जागिरको प्रलोभनमा दुबई लगेर विक्री गर्ने गरेको आरोपमा प्रहरीले एक्सिस ओभरसिज र ओख्तुहाङग टुर एण्ड ट्राभल्सका सञ्चालकलाई पक्राउ गरेको छ।

महानगरीय अपराध महाशाखाले सरकारी कार्यालयको कागजात तथा दस्तखत किर्ते गरी मानव वेचविखन गर्ने कार्यमा संलग्न ३ जनालाई पक्राउ गरेको हो।

महाशाखाले एक्सिस ओभरसिज गौशालाका संचालक सुदर्शन खड्का, ओख्तुहाङग टुर एण्ड ट्राभल्सका संचालक जीवन जिमी राई र सो ट्राभलमा काम गर्ने कृष्ण वाग्लेलाई पक्राउ गरेको हो।

महाशाखाका अनुसार उनीहरुले आर्थिक अवस्था कमजोर भएका महिलालाई राम्रो काममा दुबई लगायतका बिभिन्न देश पठाइदिन्छु भनि प्रलोभनमा पारेर राई र उनका कर्मचारी वाग्लेसँग मिली पीडितको नक्कली बिवाह दर्ता तथा नाता प्रमाणित बनाएर वेचविखन गर्ने उद्देश्यले लैजान लागेको अनुसन्धानमा देखिएको छ।

ओख्तुहाङग टुर एण्ड ट्राभल्सको कम्प्युटरमा विभिन्न सरकारी कार्यालयको लोगो र  कागजात समेत फेला परेको महाशाखाले जानकारी दिएको छ।

उनीहरुलाई सरकारी कार्यालयको कागजात तथा दस्तखत किर्ते गरी मानव वेचविखन गरेको कसुरमा कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाएको र थप अनुसन्धान जारी रहेको महाशाखाले जानकारी दिएको छ ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell