PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

गाई फार्म सञ्चालक मनविर गुर्जरले जिते बिगबोस-१०



पहिलोपोस्ट

गाई फार्म सञ्चालक मनविर गुर्जरले जिते बिगबोस-१०

भारतीय रियालिटी शो बिगबोसको १० औं श्रृंखला गाईफार्म सञ्चालक मनविर गुर्जरले जितेका छन्। भारतीय टेलिभिजन कलर्सको रियालिटी शो बिगबोसको १० ‌औं श्रृंखलामा उनी भारत नोयडाका 'आम आदमी"को रुपमा सहभागी थिए।

आइतबार बेलुका कार्यक्रमको फाइनल प्रशारण भएको थियो। फाइनलको उत्कृष्ट २ मा मनविरसँगै बानी जज पुगेकी थिइन्थि। भोटको आधारमा मनविरले बानीलाई हराएका हुन्। विजेता बनेसँगै उनले ४० लाख भारतीय रुपै‌ंया पाएका छन्।

सेलिब्रिटी मात्रै सहभागीहुँदैं आएको कार्यक्रमको फर्म्याटमा सुधार गर्दै १० औं श्रृ‌ंखलाबाट सर्वसाधारण र सेलिब्रिटी गरी २ समुह बिगबोसमा सहभागी भएका थिए । टप ४ मा सर्वसाधारणका रुपमा बिगबोसमा सहभागी मनविरसँगै मन्नु पञ्जावी र मिस इन्डिया लोपामुद्रा राउत पुगेका थिए।

मन्नु चौथो प्रतियोगिको रुपमा १० लाख रुपैंया लिएर बाहिरिए। भोटको आधारमा लोपा तेस्रो भइन्। रियालिटी शोहरुमा सहभागी भइसकेकी बानी बलियो देखिए पनि भोटका आधारमा मनबिर विजयी बने।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell