PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

कुलेश्वरमा भिषण आगलागी : डेढ घण्टामा नियन्त्रण



पहिलोपोस्ट

काठमाडौँ : कुलेश्वरमा भिषण आगलागी भएको छ। नयाँबस्तीस्थित नवील बैंक अगाडि गौतम स्टोरमा आइतबार बेलुका आगलागी शुरु भएको थियो।

कालिमाटी प्रहरीका अनुसार बेलुका साढे ८ वजे आगलागी शुरु भएको थियो। प्रहरी, दमकल तथा स्थानीयवासीको सहयोगमा करिब डेढ घन्टापछि आगलागी नियन्त्रणमा आएको थियो।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रहरी सहायक निरीक्षक सुदीप पोखरेलका अनुसार विद्युत सर्ट भई आगलागी भएको र के कति नोक्सान भयो भन्ने बारेमा अनुसन्धान भइरहेको छ ।

छवटा दमकल र १० वटा ट्याङ्करबाट पानी ल्याएर आगो निभाउने कार्यमा प्रहरी र सेना लागिपरेका थिए । आगलागी भएको सटर वरपर करिब १०–१२ वटा सटरमा समेत आगलागीको असर परेको छ ।
​रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell