PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

​संविधान संशोधन र स्थानीय निर्वाचनबारे परामर्श गर्न सत्तारुढ दलहरुको बैठक बस्दै



पहिलोपोस्ट

​संविधान संशोधन र स्थानीय निर्वाचनबारे परामर्श गर्न सत्तारुढ दलहरुको बैठक बस्दै

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन र स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सत्तारुढ दलको बैठक बोलाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बैठक बोलाइएको छ। बैठकमा संसदमा बिचाराधीन संविधान संशोधन विधेयक र स्थानीय तह निर्वाचनको मिति घोषणालगायतको विषयमा छलफल हुनेछ।  

प्रधानमन्त्रीको निजी सचिवालयका अनसार निर्वाचनको मिघि घोषणाअघि सरकारले सत्ता घटक दलहरुसँग परामर्श गर्न लागेका हुन्। यस्तै संविधान संशोधनका लागि असन्तुष्ट मधेशी मोर्चालाई मनाउने विषयमा पूरक संशोधन विषय पनि कार्यसूचीमा रहनेछ।

सत्तारुढ दलसँग परामर्शअघि प्रधानमन्त्री प्रचण्डले सभामुख ओनसरी घर्तीसँग पनि परामर्श गरिसकेका छन्। संसद्वाट निर्वाचन कानुन पारित हुने समयसीमा बुझेर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा प्रधानमन्त्री देखिएका छन्।

प्रधानमन्त्रीले यसअघि माघ १५ गतेभित्र निर्वाचनको मिति घोषणा गर्ने बताएका थिए। वैशाख अन्तिम सातामा स्थानीय तहको निर्वाचन गर्नेगरी मिति घोषणा गर्ने भनेपनि स्थानीय तह पुनर्संरचना आयोगको प्रतिबेदनमा पुनः राजनीतिक स्तरमा छलफल गर्ने मन्त्रिपरिषदको निर्णयपछि मिति घोषणामा आशंका बढेका छन्।

आयोग प्रतिबेदन परिमार्जनको पक्षमा कांग्रेस, माओवादी केन्द्र र मधेशवादी दलसमेत छन्। मधेशवादी दलहरुले संविधान संशोधनको टुंगो नलागेसम्म निर्वाचनको औचित्य नभएको पनि बताउँदै आएका छन्। संशोधन प्रस्ताव परिमार्जन गर्नुपर्ने माग मधेशी दलहरुको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell