PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

एफए कप : म्यानचेष्टर युनाइेटड अन्तिम १६ मा प्रवेश, स्वाइन्सटाइगरको उत्कृष्ट कमब्याक



पहिलोपोस्ट

एफए कप : म्यानचेष्टर युनाइेटड अन्तिम १६ मा प्रवेश, स्वाइन्सटाइगरको उत्कृष्ट कमब्याक

बास्टियन स्वाइन्स्टाइगरले कमब्याक खेलमा एक गोल गर्नुका साथै एक असिस्ट गरेपछि म्यानचेष्टर युनाइटेडले विगान एथलेटिकलाई ४-० ले पराजित गर्दै एफए कपको अन्तिम १६ मा प्रवेश गरेको छ। घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा युनाइटेडको जितमा चार फरक खेलाडीले गोल गरे। 

पहिलो हाफमा स्वाइन्स्टाइगरको पासमा माराउने फेलाइनलीले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए। दोस्रो हाफमा क्रिस स्मलिङ, हेनरिख मिखातर्यान र स्वाइन्स्टाइगरले १/१ गोल गरे। 

युनाइटेडका प्रशिक्षक माउरिन्होले गत विहिबार इएफएल कपमा हल सिटीसँग खेलेको टीममा ९ परिवर्तन गरेका थिए भने दुई सब्सिचयुट खेलाडी जोएल पेरेइरा र एक्सेल टनजेवेले डेब्यु गरे। 

यता प्रिमियर लिगका दुई क्लब वानटफोर्ड र हल सिटी भने एफए कपको चौथो चरणबाटै बाहिरिएका छन्। वाटफोर्ड इंगलिस लिग वन क्लब मिलवालसँग १-० ले पराजित भयो भने हल इंगलिस चयाम्पियनसिप क्लब फुलहमसँग ४-१ ले पराजित भयो।

यस्तै लिड्स युनाइेटडलाई पराजित गर्दै सटन युनाइटेडले पनि अन्तिम १६ मा स्थान बनाएको छ।

यसअघि नै प्रिमियर लिगमा शीर्ष क्लबहरु चेल्सी, आर्सनल, म्यानचेष्टर सिटी, टोटनहम, बर्नले र मिडल्स्ब्रोले अन्तिम १६ मा स्थान बनाएका छन् भने लिभरपुल, साउथह्याम्पटन बाहिरिएका छन्। लेस्टर सिटीले भने डर्बी काउन्टीसँग रिप्ले म्याच खेल्नेछ।





@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell