PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

माइतीघरमा फहराइयो अहिलेसम्मकै ठूलो राष्ट्रिय झन्डा

माइतीघरमा फहराइयो अहिलेसम्मकै ठूलो राष्ट्रिय झन्डा

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौँ : राजधानीको माइतीघर मण्डलामा नेपालको अहिलेसम्मकै ठूलो राष्ट्रिय झन्डा फहराइएको छ।
 
सहिद दिवसको अवसर नेपाली देशभक्त युवा समाजले आयोजना गरेको कार्यक्रममा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रकवि माधवप्रसाद घिमिरेले आइतबार झन्डोत्तोलन गरे।
 
फहराइएको झन्डा १० मिटर लामो र साढे ७ मिटर चौडाइको छ ।
 
नेपाली स्वाभिमानमाथि अपमान हुन थालेपछि राष्ट्रियताप्रति प्यारो लाग्न थालेको भन्दै ओलीले केही स्वार्थ तत्वबाहेक सबैले देशलाई माया गर्ने बताए। अध्यक्ष ओलीले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र मधेसवादी दललाई राष्ट्रियताका सवालमा एमाले जस्तो नीति ल्याउन पनि आग्रह गरे।
 
यसैगरी राष्ट्रकवि घिमिरेले अहिलेको पुस्ताले राष्ट्रितामाथि चासो राख्न थालेकोमा खुसी व्यक्त गरे। 


ट्रेन्डिङ पोस्ट

Ncell