
बार्सिलोना र सेभियाले अंक गुमाएको दिन रियल सोसिडाडलाई पराजित गर्दै शीर्ष स्थानको रियल मड्रिडले ला लिगामा चार अंकको अग्रता बनाएको छ। आइतबार भएको खेलमा रियलले सोसिडाडलाई ३-० ले पराजित गर्यो।
त्यसअघि बार्सिलोनाले रियस बेसिटसँग बराबरी खेलेको थियो भने सेभिया स्पानयोलसँग ३-१ ले पराजित भएको थियो।
घरेलु मैदानमा रियललाई जित दिलाउन माटेओ कोभासिक, क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे। इनिगो मार्टिनोजले ७४ औं मिनेटमा दोहोरो पहेँलो कार्डको सामना गरेपछि सोसिडाड १० खेलाडीमा झरेको थियो।
जितपछि रियलको १९ खेलबाट ४६ अंक भएको छ। जुन दोस्रो स्थानको बार्सिलोना र तेस्रो स्थानको सेभिया भन्दा ४ अंकले बढी हो। रियलले बार्सिलोना र सेभिया भन्दा एक खेल कम खेलेको छ।
रियलले जित हात पार्नु अघि खेलको शुरु देखि नै १० खेलाडीमा झरेर खेलेको सेभियालाई स्पानयोलले घरेलु मैदानमा ३-० ले हरायो। हारसँगै सेभियाले बार्सिलोनालाई पछि पार्दै दोस्रो स्थानमा उक्लने मौका गुमायो।
समान २० खेलबाट ४२ अंक जोडेको बार्सिलोना र सेभिया क्रमशः दोस्रो र तेस्रोमा छ।
पहिलो मिनेटमै स्पानयोलका पाब्लो पिएट्टीलाई डि एरियाभित्र फल गरेपछि सेभियाका निकोलस परेजालाई रेफ्रिले सिधै रातो कार्ड देखाए।
त्यसपछि प्राप्त पेनाल्टीमा जोस एन्टोनियो रेयसले गोल गर्दै स्पानयोलाई अग्रत दिलाए। एक खेलाडी कम रहेर पनि सेभियाका लागि स्टेफन जोभेटिकले बराबरी गोल फर्काउन सफल भए। तर मार्क नाभारो र जेरार्ड मोरेनोले गोल थपेपछि स्पानयोलले ३-१ को जित हात पार्यो।
ला लिगा कै अनय खेलमा एथ्लेटिको विल्वाओले स्पोर्टिङ गिहोनलाई २-१ ले हरायो।