
आएयु दाजुभाईले गोल गरेपछि डि आर कंगोलाई २-१ ले पराजित गर्दै घाना अफ्रिकन कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको छ।
गावोनमा भइरहेको प्रतियोगितामा इजिप्त मोरोक्कोलाई १-० ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको छ।
घानाको जितमा आन्द्रे आएयुले निर्णायक गोल गरे। यसअघि जोर्डन आएयुले गोल गर्दै घानालाई अग्रता दिलाएका थिए भने डि आर कंगोका पउल जोम ए पोकुले बराबरी गोल फर्काएका थिए।
यस्तै इजिप्टलाई साँघुरो जित दिलाउन महमउद कहराबाले निर्णायक गोल गरे। अब सेमिफाइनलमा घानाले क्यामरुन तथा इजिप्टले बुर्किना फासोसँग प्रतिस्पर्धा गर्नेछ।