PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या



पहिलोपोस्ट

मादक पदार्थ सेवन गरी आफ्नै साथीको हत्या

पाँचथर : अत्यधिक मादक पदार्थ सेवनका कारण पाँचथरको प्राङबुङ–८ मा एक व्यक्तिले आफ्नै साथीको हत्या गरेका छन्।

मृत्यु हुनेमा मेमेङ–५ का १९ वर्षीय अजय राई रहेका छन्। आइतबार बेलुका प्राङबुङ–८ मा रहेको स्थानीय हाटबजार भर्न आएका उनीहरुले अत्यधिक मादक पदार्थ सेवन गरेपछि दुवैबीच झगडा हुँदा उनका साथी सुरेन मगरले अजयको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

सो झगडामा गम्भीर घाइते भएका मगरको प्रहरीको निगरानीमा जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी सहायक निरीक्षक विष्णु खड्काले जानकारी दिए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell