PahiloPost

Jun 23, 2026 | ९ असार २०८३

नमाज पढिरहेका बेला क्यानडाको मस्जिदमा फायरिङ, ८ जनाको मृत्यु



पहिलोपोस्ट

नमाज पढिरहेका बेला क्यानडाको मस्जिदमा फायरिङ, ८ जनाको मृत्यु

क्यानडाको क्युबेक प्रान्तको एउटा मस्जिदमा फायरिङ हुँदा ८ जनाको मृत्यु भएको छ। क्युबेक सहरको एउटा मस्जिदमा साँझ नमाज पढिरहेका बेला फायरिङ भएको थियो। तर मर्नेको सङ्ख्या भने आधिकारिक रूपमा खुलेको छैन। 

तीन जना नकावधारी व्यक्तिले मस्जिदमा अन्धाधुन्ध फायरिङ गरेका थिए। प्रहरी अधिकारीका माध्यमबाट दोषीलाई पक्रिएको गरिएको एपीले जनाएको छ।

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनामाथि दु:ख व्यक्त गरेका छन्। उनले ट्विटरमा लेखेका छन्, 'क्युबेक सिटी मस्जिदमा भएको हमलाले पुरै क्यानडा दुखित छ।'

क्युबेक प्रान्तमा प्रिमियर फिलिप कुइलार्डले यस हमलालाई बर्बर हिंसाको स‌ज्ञा दिएका छन्। साथै पीडितप्रति सहानुभूति जनाएका छन्।
हमलाको कारणबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell