PahiloPost

Apr 22, 2025 | ९ बैशाख २०८२

नियमित अनुगमन नहुँदा महोत्तरीका स्वास्थ्य संस्था सुनसान, औषधिको अभाव



पहिलोपोस्ट

गौशाला : महोत्तरी जिल्लाका स्वास्थ्य संस्था औषधि अभावमा सुनसान देखिन थालेका छन्। 

सरकारले स्वास्थ्य संस्थामा नियमित स्वास्थ्यकर्मी बस्ने र निःशुल्क औषधि पाइने प्रचार गरिरहे पनि जिल्लाको अवस्था त्यस्तो छैन।

गाउँका स्वास्थ्य संस्थामा न औषधि पाइन्छ, न सल्लाह दिने स्वास्थ्यकर्मी नै भेटिन्छन्। नियमित अनुगमन नहुँदा स्वास्थ्य संस्था बेकामेजस्तै भएका छन्।

केन्द्र र क्षेत्रबाट औषधि नआएको स्थानीयस्तरमा खरिद गर्नुपर्ने औषधिको बोलपत्र पनि समयमा नगरेका कारण तीन महिनादेखि औषधि अभावमा जिल्लाभरका ७६ स्वास्थ्य चौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगर स्वास्थ्य केन्द्र र जिल्ला अस्पतालमा चहलपहल देखिँदैन।

औषधि हुँदा दिनहुँ ती स्वास्थ्य संस्थामा बिरामीको भीड लाग्ने गर्दथ्यो। तर औषधि अभाव र स्वास्थ्यकर्मीको अनुपस्थितिका कारण यहाँका स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउन सर्वसाधारणलाई मुस्किल भएको छ।

दैनिक सरदर ३०० भन्दा बढी बिरामी आउने जिल्लाभरका स्वास्थ्य संस्थामा औषधि अभावसँगै बिरामीको सङ्ख्या पनि घट्दो छ।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell