PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

नेपाल लाइफको एफपिओमा तपाईंको चेक बाउन्स त भएन? विचार पुर्‍याउनुस् है



पहिलोपोस्ट

नेपाल लाइफको एफपिओमा तपाईंको चेक बाउन्स त भएन? विचार पुर्‍याउनुस् है

काठमाडौं : नेपाल लाइफ इन्स्योरेन्सको एफपिओमा आवेदन दिनुभएको छ?  एफपिओमा बुझाएको तपाईंको चेक बाउन्स भएको हुन सक्छ।
 
बैंकहरुका अनुसार पहिले पहिलेका शेयरको तुलनामा नेपाल लाइफको शेयरमा आवेदन दिनेहरुको चेक बाउन्स हुने दर बढेको छ। ऋणमा एफपिओ भर्नेहरुको चेक बढीजसो बाउन्स भएको हो।
 
नेपाल लाइफको शेयरमा ५२ अर्ब रुपैयाँ बराबरको आवेदन परेको थियो। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाले अहिलेसम्म तीन सय चेक बाउन्स भएको जानकारी दिए। यो तथ्यांक सिद्धार्थ क्यापिटलको मात्र हो।
 
अरु संकलन केन्द्रसमेत गर्दा यो दर अझै बढ्न सक्ने तिमिल्सिनाको अनुमान छ। तीन सय चेकमार्फत करिब २० करोड रुपैयाँ बाउन्स भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell