PahiloPost

Jul 30, 2026 | १४ साउन २०८३

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित तेजबहादर केसी र पुरुषोत्तम भण्डारीको नाम अनुमोदन



पहिलोपोस्ट

सर्वोच्चको न्यायाधीशमा प्रस्तावित तेजबहादर केसी र पुरुषोत्तम भण्डारीको नाम अनुमोदन

काठमाडौं : संसदीय सुनुवाइ विशेष समितिले सर्वोच्च अदालतका लागि सिफारिस दुई न्यायाधीशको नाम सोमबार सर्वसम्मतले अनुमोदन गरेको छ।
 
प्रस्तावित न्यायाधीशको सुनुवाइ गरी समितिले सर्वसम्मतले अनुमोदन गरेको हो। समितिबाट प्रस्तावित न्यायाधीशद्वय तेजबहादुर केसी र पुरुषोत्तम भण्डारी अनुमोदित भएका छन्। सुनुवाइबाट अनुमोदन भएसँगै अब शपथपछि न्यायाधीशले कार्यसम्पादन सुरु गर्नेछन्।
 
प्रस्तावित न्यायाधीशद्वय केसी र भण्डारीविरुद्ध एक/एक उजुरी परेका थिए। समितिले उजुरकर्तासँग गत शुक्रबार छलफल गरेको थियो। संविधान अनुसार सर्वोच्चमा प्रधानन्यायाधीशका अतिरिक्त २१ न्यायाधीश रहने व्यवस्था छ। दुई न्यायाधीशले पदभार ग्रहण गरेपछि सर्वोच्चमा एकमात्र पद खाली रहनेछ।

न्याय परिषदले उच्च अदालतका लागि न्यायाधीश नियुक्ति र पदस्थापन गरेसँगै पुस २८ देखि सर्वोच्चमा पनि दुई न्यायाधीशको पद रिक्त थियो।
 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell