A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6955feba44aae3.01380001): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6955feba44aae3.01380001,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6955feba44e859.16511858): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6955feba44e859.16511858,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

निखिल उप्रेती डेब्यू फिल्मको सिक्वेल 'पिँजडा ब्याक अगेन' बन्ने
PahiloPost

Jan 1, 2026 | १७ पुष २०८२

निखिल उप्रेती डेब्यू फिल्मको सिक्वेल 'पिँजडा ब्याक अगेन' बन्ने



पहिलोपोस्ट

निखिल उप्रेती डेब्यू फिल्मको सिक्वेल 'पिँजडा ब्याक अगेन' बन्ने

काठमाडौं: एक्शन स्टार निखिल उप्रेतीको पहिलो फिल्म 'पिँजडा'को सिक्वेल 'पिँजडा ब्याक अगेन' बन्ने भएको छ। आइतबार एक कार्यक्रम बिच फिल्म निर्माण घोषणा भएको हो।

फिल्मलाई हिमाल केसीले निर्देशन गर्ने भएका छन्। पिँजडा ब्याक अगेन पनि एक्शन प्रधान फिल्म हुने केसीले जानकारी दिए। भने,'पिँजडाले एक्शन फिल्मको क्षेत्रमा जुन छाप छोडेको छ त्यसैलाई सिक्वेलाले पच्छ्याउँछ। फिल्ममा पारिवारिक प्रेमले पनि ठाउँ पाउँछ।'



'दर्शकलाई परिवारसँग बसेर हेर्न मिल्ने फिल्म बनाउनु नै हाम्रो उद्देश्य हो', फिल्मको पटकथामा काम गरिरहेकी लेखक मौनता श्रेष्ठले बताइन्।
फिल्ममा निखिलसँगै सारा सिर्पालीको मुख्य अभिनय रहनेछ। निखिल उप्रेतीले निर्माण गरेको फिल्म 'रुद्र'बाट साराले रजतपटमा डेब्यू गरेकी हुन्। फिल्ममा सुस्मिता केसी, सुन्दर श्रेष्ठ, पुकार भट्टराइ, आरके मानन्धर, भास्कर ओली, अनुराग शाह, विवेक सिंह, गोकुल, चन्द्र अधिकारी, तारा रञ्जित थापा, कुसाग्र भट्टराइ, आशा गौतम, किरण उप्रेती, राजबाबु श्रेष्ठ र ज्याक श्रेष्ठ लगायतको अभिनय रहनेछ।

रामजी लामिछानेको कोरियोग्राफी रहने फिल्ममा महेश खड्का, वसन्त सापकोटा, अर्जुन पोखरेल र राजनराज शिवाकोटीको संगीत रहनेछ। सौरभ लामाले खिच्ने फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन भने रोहित पुरी, गोविन्द गैरे, चन्द्र हधिकारी निर्मातामा छन्। कार्यकारी निर्माता भने सुशान्त श्रेष्ठ हुन्।  अर्को वर्षको दशैंलाई रिलिज टार्गेट गरिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell