PahiloPost

Apr 22, 2026 | ९ बैशाख २०८३

'मिस युनिभर्स २०१६' को ताज फ्रान्सेली सुन्दरी इरिसलाई



पहिलोपोस्ट

'मिस युनिभर्स २०१६' को ताज फ्रान्सेली सुन्दरी इरिसलाई

फिलिपिन्समा आयोजना गरिएको मिस युनिभर्स प्रतियोगितामा फ्रान्सकी २३ वर्षीय इरिस मिटेनाएरेले 'मिस युनिभर्स २०१६' को ताज पहिरिएकी छिन्। प्रतियोगितामा ८६ देशका सुन्दरीहरुको सहभागिता थियो।

प्रतियोगितामा इरिसलाई सुरुदेखि नै बलियो प्रतिष्पर्धिका रुपमा लिइएको थियो। उनले सबैलाई आफ्नो सुन्दरता, आत्मविश्वासले मोहित तुल्याइन्। इरिस डेन्टल क्षेत्रकी विद्यार्थी हुन्। २३ वर्षिय यि सुन्दरीलाई कुकिङमा विशेष रुचि छ।

उत्तरी फ्रान्सको एउटा सानो सहरबाट 'मिस युनिभर्स २०१६' मा सहभागिता जनाउन आएकी इरिसले प्रतियोगिताको अन्तिम राउन्डमा एउटा प्रश्नको जवाफमा भनेकी थिइन्, 'यो ताज जितेर मलाई धेरै गर्व महसुस हुनेछ।' 

प्रतियोगितामा २५ वर्षिय मिस हाइटी रेक्वेल पेलिसियरले फस्ट रनर अप र  मिस कोलंबिया २३ वर्षीय एंड्रिया टोवरले सेकेन्ड रनर अपको उपाधी हात पारे।

प्रतियोगिताको अन्तिम चरणमा केन्या, इन्डोनेसिया, मेक्सिको, पेरू, पनामा, कोलम्बिया, फिलिपिन्स, क्यानडा, ब्राजिल, हाइटी, थाइल्याण्ड र युएसएकी सुन्दरीहरु सहभागी भएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell