PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

​सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी सांसद् डोरप्रसाद उपाध्याय



पहिलोपोस्ट

​सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी सांसद् डोरप्रसाद उपाध्याय

काठमाडौं : संसद्को सार्वजनिक लेखा समितिको सभापतिमा माओवादी सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद् पशुपति चौलागाईंलाई ७ मतले पछि पार्दै उपाध्याय सभापति निर्वाचित भएका हुन्। उपस्थित सदस्यहरुबाट उपाध्यायले २३ र चौलागाई‌ंले १६ मत प्राप्त गरेका छन्।

सार्वजनिक लेखा समितिका सभापति निर्वाचनमा सत्तारुद्ध र प्रतिपक्षीहरु भने दुवै विभाजित भएका थिए। सत्तारुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिपक्षी उम्मेदवार चौलागाईंलाई मतदान गरेको थियो भने एमाले नेतृत्वको प्रतिपक्षी गठबन्धनमा रहेका सबै दलले सत्तापक्षीय उम्मेदवारलाई मतदान गरेका छन्।
 
समितिमा रहेका एमालेका १५ सदस्यमध्ये विष्णु पौडेल अनुपस्थित भएपछि राप्रपाको दुई मतसहित १६ मत चौलागाईंले प्राप्त गरेका हुन्।

समितिमा रहेका ५० सदस्यमध्ये सद्भावनाका सासद् संजय टकला जेलमा छन्। उनीबाहेक अरु ९ जना अनुपस्थित भए। सभापतिले बराबर भएको अवस्थामा निर्णायक मत मात्र प्रकट गर्न पाउने वैधानिक व्यवस्था छ। त्यसैले मतदानका लागि ३९ जनाले मात्र भाग लिएका हुन्।
 
अनुपस्थित हुनेमा कांग्रेस सांसद् धेरै
समिति सभापति चयनमा अनुपस्थित भएका ९ सांसदमध्ये सत्तारुद्ध कांग्रेसका मात्र चार जना छन्। कांग्रेस सांसदहरु धनराज गुरुङ, पार्वती डिसी चौधरी, हरिप्रसाद नेपाल र बादसाह कुर्मी छन्। यस्तै प्रमुख प्रतिपक्षी एमालेका सांसद् विष्णु पौडेल सभापतिको चयनमा सहभागी भएनन् भने नेपाल सद्भावना पार्टीकी सांसद डिम्पल कुमारी झा, तराई मधेस सद्भावना पार्टीका सांसद महेन्द्र राय यादव र नेपाल परिवार दलका एकनाथ ढकाल पनि सभापति चयनका समय उपस्थित भएनन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell